कोशी प्रदेश : गयानन्द मण्डल मन्त्री नियुक्त, शपथ लिँदै
बुधबार, ३१ साउन २०८०, ०८ : ४२
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज नेपाली कांग्रेसबाट एक मन्त्री थप गरेका छन् ।
मुख्यमन्त्रीका स्वकीय सचिव मिलन चापागाईंले दिएको जानकारी अनुसार कांग्रेसबाट गयानन्द मण्डल मन्त्री हुन लागेका हुन् । उनको शपथग्रहण आजै बिहान ९ बजेलाई राखिएको छ ।
मण्डललाई फूल मन्त्री बनाउने कि राज्यमन्त्री बनाउने भन्ने विषयमा भने आफूलाई जानकारी नभएको चापागाईंले बताए ।
यसअघि थापाले ४ मन्त्री नियुक्त गरिसकेका छन् । जसमा कांग्रेसबाट प्रदिपकुमार सुनुवार सिँचाइ खानेपानी तथा ऊर्जा, माओवादी केन्द्रबाट बाबुराम गौतम आर्थिक मामिला तथा योजना, नेकपा एकस्कृत समाजवादीबाट कमल जबेगु भौतिक पूर्वाधार विकास र जसपाबाट निर्मला लिम्बू स्वास्थ्य मन्त्री रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण