घुससहित दुई जना सरकारी कर्मचारी अख्तियारको फन्दामा
बुधबार, ३१ साउन २०८०, १२ : ४०
जनकपुरधाम । सप्तरीमा घुससहित दुई जना सरकारी कर्मचारी पक्राउ परेका छन् । पाँच लाख घुससहित उनीहरूलाई अख्तियार अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
आयोगको ईटरीबाट खटिएको टोलीले सप्तरीको विष्णुपुर गाउँपालिकाका एमआएस अपरेटर वीरेन्द्रकुमार यादवलाई दुई लाख नगद र लेखापाल टेकनारायण यादवलाई तीन लाखको चेकसहित पक्राउ गरेको छ ।
सोलार बत्ती जडान लगायत योजनाको भुक्तानी बापत सेवाग्राहीसँग घुस-रिसवत लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियारको अनुसन्धान आयोगको प्रवक्ता एवं भोला दाहालले जानकारी दिएको छ ।
प्रवक्ता दाहालका अनुसार उनीहरलाई राजविराज ३ त्रिभुवनचोकबाट घुससहित पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण