माओवादीको विशेष अभियान : केन्द्रदेखि वडासम्म तोकियो जिम्मेवारी
काठमाडौँ । माओवादी केन्द्रले घोषणा गरेको ‘जनतासँग माओवादी रूपान्तरण विशेष’ तीन महिने अभियानलाई सफल बनाउन सबै प्रदेशमा संयोजन समितिको संरचना तयार गरेको छ ।
भदौ १६ देखि सुरु हुने अभियानलाई प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जुममार्फत ७५३ वटै पालिकामा एकसाथ अभियानको उद्घाटन गर्ने तयारी गरिएको छ ।
पार्टीले मातहतका कमिटीलाई पठाएको परिपत्रमा अभियानलाई प्रदेश इञ्चार्जहरूले आ–आफ्नो प्रदेशको समेत अभियानको संयोजन गर्ने व्यवस्था गरिएको छ ।
अभियानलाई सफल बनाउन प्रदेशमा खटिएका स्थायी समिति सदस्यहरू र प्रदेश अध्यक्ष पदेन सदस्य रहने गरी प्रदेश इन्चार्जको संयोजकत्वमा अभियान सञ्चालन सचिवालय गठन गर्ने व्यवस्था गरिएको छ ।
अभियानमा कसको जिम्मेवारी के ?
प्रदेश इञ्चार्जहरुले आ–आफ्नो प्रदेशको अभियानको संयोजन गर्ने व्यवस्था गरिएको छ ।
अभियानलाई प्रभावकारी बनाउन प्रदेशमा खटिएका स्थायी समिति सदस्यहरु र प्रदेश अध्यक्ष पदेन रहने गरी प्रदेश इन्चार्जको संयोजकत्वमा अभियान सञ्चालन सचिवालय गठन गरी सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।
स्थायी समिति सदस्य नरहेका प्रदेशहरुमा वा स्थायी समिति सदस्यहरु भएपनि केही वरिष्ठ केन्द्रीय सदस्यहरु समेत समावेश गर्नुपर्ने आवश्यकता देखिएमा सोही अनुसार समावेश गरी अभियान सञ्चालन सचिवालय गठन गर्न सकिने छ ।
अभियान सञ्चालन सचिवालयमा प्रदेश सभाका दल नेताहरु नपरेमा, दल नेताहरुलाई आमन्त्रित गर्ने व्यवस्था गरिएको छ ।
अभियानमा सम्पूर्ण जनवर्गीय संगठन मोर्चाहरुलाई परिचालन गर्नका लागि जनवर्गीय संगठन मोर्चाहरुको प्रकृति अनुसार पदाधिकारीको नेतृत्वमा संयोजन समिति बनाएर सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।
तीन महिने अभियानलाई वडा केन्द्रित गर्ने व्यवस्था गरिएको छ । वडा केन्द्रित अभियानको नेतृत्व केन्द्रीय सदस्य/आयोग सदस्य/सल्लाहकार आदि केन्द्रीय निकायको वरिष्ठ सदस्यले गर्नेछ ।
एउटा अभियान टोलीको जिम्मामा १०/११ वडाहरु पर्न सक्नेछन् । जिम्मेवारी तोकिएका बाहेक अन्य नेताहरुको कार्यविभाजन आ–आफ्नो मतदाता नामावली भएको वडामा अभियानमा जोडिने व्यवस्था गरिएको छ ।
पार्टी केन्द्रीय अध्यक्षदेखि साधारण सदस्यसम्म कुनै न कुनै वडाको अभियानमा सहभागी हुने व्यवस्था गरिएको छ ।
अभियान टोलीमा सोही क्षेत्रमा खटिरहेका पार्टी कमिटीका नेताहरू, सम्बन्धित क्षेत्रका जनप्रतिनिधिहरु, सोही क्षेत्रका जनवर्गीय संगठन मोर्चाका सदस्यहरु सहभागी हुने व्यवस्था गरिएको छ ।
उपत्यकाका– काठमाडौँ, ललितपुर र भक्तपुरको अभियानको लागि बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशको संयुक्त टोलीले अभियान सञ्चालन गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश स्थापना यता ७११ किलोमिटर सडक कालोपत्रे, निर्माणमा सुस्तता
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण