बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
सेयर बजार

नेप्से सूचक २० अंकले घट्यो, कारोबार १ अर्ब ६७ करोडमा सीमित

बुधबार, ३१ साउन २०८०, १५ : १४
बुधबार, ३१ साउन २०८०

काठमाडौँ । आज फेरि सेयर बजार परिसूचक नेप्से २० अंक माथिले घट्न पुगेको छ । अघिल्लो दिन ३१ अंकले घटेर २ हजार ४५ अंकको विन्दुमा झरेको नेप्से सूचक बुधवार थप २०.३१ अंकले घट्दै २ हजार २५.१२ अंकको विन्दुमा झरेको हो । 

यस्तै आज कारोबार समेत अनपेक्षित खुम्चिँदै १ अर्ब ६७ करोड ९९ लाख रुपैयाँमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । अघिल्लो दिन ३१ अंकले नेप्से घटेको बजारमा २ अर्ब माथिको कारोबार भएको थियो । 

आज नेप्से १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप