मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
नेविसंघ असन्तुष्ट पक्षले सुरु गरे केन्द्रीय कार्यालयमा अनसन, तस्बिरहरु

नेविसंघ असन्तुष्ट पक्षले सुरु गरे केन्द्रीय कार्यालयमा अनसन, तस्बिरहरु

बुधबार, ३१ साउन २०८०

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)को विधान सम्मत केन्द्रीय समिति विस्तार पक्षधर संघर्ष समितिले रिले अनसन सुरु गरेको छ । केन्द्रीय पार्टी कार्यालय सानेपामा नेविसंघको असन्तुष्ट पक्षले बुधबारदेखि रिले अनसन सुरु गरेकाे हाे । 

केही दिनअघि मात्रै नेविसंघको केन्द्रीय तदर्थ समिति गठन गरिएको थियो । उक्त समिति समावेशी नभएको भन्दै असन्तुष्ट पक्षले अनसन सुरु गरेको हो । 

उनीहरुले तदर्थ समिति अवैधानिक भएको आरोप समेत लगाएका छन् । उनीहरुले नेविसंघको केन्द्रीय कार्यसमिति विधानसम्मत सबैको प्रतिनिधित्व हुनेगरी समावेश गर्न माग गरेका छन् । नेविसंघलाई पूर्णता दिन पनि उनीहरुले माग गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया