शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौँ महानगरद्वारा सञ्चालित छात्रवृत्ति परीक्षाको प्रथम भर्ना सूची प्रकाशित

बुधबार, ३१ साउन २०८०, २२ : २०
बुधबार, ३१ साउन २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले साउन २० गते सञ्चालित छात्रवृत्ति परीक्षाको अन्तिम योग्यताक्रमको संशोधित नतिजासहितको प्रथम भर्ना सूची प्रकाशित गरेको छ । बुधवार महानगरपालिकाले संशोधित नतिजासहितको प्रथम भर्ना सूची प्रकाशित गरेको हो । 

महानगरपालिकाले सो परीक्षाको अन्तिम योग्यताक्रमको सूचीका आधारमा परीक्षाथीलाई आफूले अध्ययन गर्न चाहेको शिक्षण संस्थाको प्राथमिकता निर्धारण गर्न साउन २७ गतेसम्मको सयम प्रदान गरेको थियो ।

सोही समयमा प्राथमिकता निर्धारण गरेका उम्मेदवारहरुको योग्यताक्रम र प्राथमिकताका आधारमा साउन २९ गते प्रकाशन भएको प्रथम भर्ना सूचीमा चित्त नबुझी प्राप्त निवेदनउपर कारबाही हुँदा कायम हुन आएको संलग्न बमोजिमको संशोधित नतिजासहितको प्रथम भर्ना सूची प्रकाशित गरिएको महानगरपालिकाले जनाएको छ ।

तपसिल बमोजिमको भर्ना तालिकाअनुसार तोकिएको शिक्षण संस्थामा भर्ना हुन समेत महानगरपालिकाले सूचित गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप