काठमाडौँ महानगरद्वारा सञ्चालित छात्रवृत्ति परीक्षाको प्रथम भर्ना सूची प्रकाशित
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले साउन २० गते सञ्चालित छात्रवृत्ति परीक्षाको अन्तिम योग्यताक्रमको संशोधित नतिजासहितको प्रथम भर्ना सूची प्रकाशित गरेको छ । बुधवार महानगरपालिकाले संशोधित नतिजासहितको प्रथम भर्ना सूची प्रकाशित गरेको हो ।
महानगरपालिकाले सो परीक्षाको अन्तिम योग्यताक्रमको सूचीका आधारमा परीक्षाथीलाई आफूले अध्ययन गर्न चाहेको शिक्षण संस्थाको प्राथमिकता निर्धारण गर्न साउन २७ गतेसम्मको सयम प्रदान गरेको थियो ।
सोही समयमा प्राथमिकता निर्धारण गरेका उम्मेदवारहरुको योग्यताक्रम र प्राथमिकताका आधारमा साउन २९ गते प्रकाशन भएको प्रथम भर्ना सूचीमा चित्त नबुझी प्राप्त निवेदनउपर कारबाही हुँदा कायम हुन आएको संलग्न बमोजिमको संशोधित नतिजासहितको प्रथम भर्ना सूची प्रकाशित गरिएको महानगरपालिकाले जनाएको छ ।
तपसिल बमोजिमको भर्ना तालिकाअनुसार तोकिएको शिक्षण संस्थामा भर्ना हुन समेत महानगरपालिकाले सूचित गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहिलेको व्यवस्था बचाउन र संविधानको रक्षा गर्न मेरो भूमिका रहन्छ : सांसद पार्वती विक
-
जसपा नेपालको पुरानो कार्यकारिणी समितिको बैठक सुरु
-
औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा
-
तारकेश्वरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
-
बालसुधार गृहको अवस्था सुधार गर्न सरकारलाई संसदीय समितिको ४ बुँदे निर्देशन
-
विश्वकप २०२६मा पेनाल्टी क्षेत्रबाहिरबाट हुने गोलमा उल्लेख्य वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण