धादिङमा ४१ करोड विद्युत महशुल उठाउन बाँकी
मलेखु । धादिङमा विद्युतको बक्यौदा उच्च देखिएको छ । नेपाल विद्युत प्राधिकरण धादिङ शाखाले दिएको जानकारी अनुसार ४१ करोड ३८ लाख ४५ हजार छ सय १६ रुपैयाँ विद्युत महशुल उठ्न बाँकी देखिएको हो ।
त्यसमध्ये धुनिबेसी नगरपालिकामा संचालित युनाइटेड सिमेन्ट उद्योगको मात्र २७ करोड ५९ लाख ६४ हजार ५ सय ५६ रुपैयाँ बाँकी रहेको देखिन्छ । युनाइटेड सिमेन्टले पुरानो विद्युत महशुलबारे अदालतमा मुद्दा लडिरहेको छ ।
महशुल नतिर्ने एक हजार सात सय ४८ जनाको विद्युत लाइन काटिएपनि एक सय ७७ ग्राहकले अझैसम्म भुक्तानी नभएको नेपाल विद्युत प्राधिकरण धादिङ शाखाका प्रमुख माधव न्यौपानेले जानकारी दिए ।
एक सय तीन जनालाई विद्युत प्राधिकरणले धादिङमा कालोसुचीमा राखेको छ । विद्युत लाइन काटेपछि नेपाल विद्युत प्राधिकरणले चार करोड २६ लाख ७४ हजार दुई सय ४० रुपैयाँ असुली गरेको प्राधिकरणले जनाएको छ । कालोसूचीमा परेका ग्राहकबाट ३७ लाख १२ हजार तीन सय एक रुपैयाँ असुल गर्न बाँकी रहेको छ ।
कालोसूचीमा राखेपछि सरकारी बाँकी सरह असुल गर्ने र तिन पुस्तेमा पर्नेलाई विद्युत सेवा नदिने नियम समेत छ । धादिङ शाखाले गत आवमा एक जना ग्राहकको रकम उठाउन काठमाण्डौ र भक्तपुरमा समेत उनिहरुको घरमा लाइन काटेको कार्यालय प्रमुख न्यौपानेको भनाई छ ।
धादिङमा विद्युत चोरीको घटना पनि गत वर्षको तुलनामा बढेको छ । चुहावट रोक्न बन्द मिटर फेर्ने, तारले छोएका रुख काट्ने, नाङ्गो तारलाई कालो तारमा रुपमान्तरण र ट्रान्सफरमर थप गरेर विद्युत संचालन गरेपनि चोरी नियन्त्रण भने अझै गर्न सकेको छैन ।
प्राधिकरण धादिङ शाखाका न्यौपानका अनुसार गत आर्थिक वर्षमा मात्रै विद्युत चोरीमा गर्ने दुई सय ९४ जनालाई कारबाही समेत गरेको छ । उनीहरुबाट १४ लाख ८१ हजार ९६ रुपैयाँ जरिवाना असुल पनि गरेको छ । तर पनि चोरी निर्मुल पार्न सकेको छैन । यस भन्दा अघिल्लो वर्षमा नेपाल विद्युत प्राधिकरण धादिङले एक सय २३ जनालाई विद्युत चोरी अन्तरगत कारबाही गरेको थियो ।
गत आर्थिक वर्षमा ११ करोड २२ लाख ९१ हजार छ सय नौ युनिट विद्युत विक्रि गरि एक अर्ब दुई करोड दुई लाख ८२ हजार आठ सय ४६ को विद्युत विक्रि गरेको पाइएको छ । गत वर्षको तुलनामा यो २५ प्रतिशतले वृद्ध भएको विद्युत प्राधिकरणले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनमा सुशासन, सङ्घीयता र समावेशी प्रतिनिधित्व कांग्रेसको प्राथमिकता : गगन थापा
-
टेकुमा गोली चल्यो, एक जना घाइते
-
नेपालबिना भारत विश्वगुरु बन्न सक्दैन : राजकिशोर यादव
-
ऐन बनाएर हरवा चरवा समुदायको समस्या समाधान गर्छाैँ : मन्त्री पटेल
-
फाइनल अघि मेस्सीको एउटा पोस्टले प्रशंसकमा कौतुहलता, सन्न्यास लिन लागेका हुन् ?
-
मेटलाइफ स्टेडियमले विश्वकप फाइनल आयोजना गर्ने अवसर कसरी पायो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण