कञ्चनपुरको गड्डाचौकी सडकखण्ड बिहानैदेखि अवरुद्ध
बिहीबार, ३२ साउन २०८०, ०८ : ४८
धनगढी । कञ्चनपुरको गड्डाचौकी सडकखण्ड बिहानैदेखि अवरुद्ध पारिएको छ । इन्टरनेट प्रदायक कम्पनीको लापरबाहीका कारण युवकको मृत्यु भएको भन्दै गड्डाचौकी सडक खण्डमा चक्काजाम गरिएको छ ।
बुधबार साँझ इन्टरनेटको तार टाउकोमा लगेर स्थानीय दिनेश ओडको मृत्यु भएको भन्दै आफन्त र स्थानीयले आज बिहीबार बिहानैदेखि प्रदर्शन गर्दै सडक चक्काजाम गरेका हुन् ।
उनीहरूले भीमदत्त नगरपालिका–५ सुकासालमा अन्तर्गतको सडकमा ढुङ्गा राख्दै टायर बालेर चक्काजाम गरेका छन् । स्थानीय विशाल कुमार तिरुवाले जथाभाबी विद्युत् तार छाड्ने कम्पनीलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने मागसहित प्रदर्शन गरेको बताए ।
सडक खण्ड अवरुद्ध हुँदा नेपाल भारत आवतजावत गर्ने यात्रुलाई सास्ती भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण