बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

चन्द्रयान–३ विक्रम ल्यान्डर स्पेसक्राफ्टबाट अलग्गियाे

बिहीबार, ३२ साउन २०८०, १४ : ३७
बिहीबार, ३२ साउन २०८०

चन्द्रयान–३ को विक्रम ल्यान्डर आज अन्तरिक्ष यानको प्रणोदन मोड्युलबाट अलग भएकाे छ । चन्द्रयान–३ चन्द्रमाको पाँचौँ र अन्तिम कक्षामा सफलतापूर्वक प्रवेश गरेपछि आज ल्यान्डर विक्रम अलग्गिएकाे हाे ।

ल्यान्डर र रोभर प्रज्ञानले अगस्ट २३ मा चन्द्रमामा अवतरण गर्ने अपेक्षा गरिएको छ । चन्द्रमामा अवतरण गरेपछि, विक्रम ल्यान्डरले प्रज्ञान रोभरको तस्बिर लिनेछ, जसले चन्द्रमाको सतहमा भूकम्पीय गतिविधिको अध्ययन गर्नेछ ।

भारतको महत्त्वाकाङ्क्षी चन्द्र मिसन चन्द्रयान–३ ले बुधवार आफ्नो पाँचौँ र अन्तिम चन्द्रमाको परिक्रमा पूरा गर्‍यो, जसले अन्तरिक्ष यानलाई चन्द्रमाको सतहको नजिक ल्यायो ।

अब सम्पूर्ण परिक्रमा पूरा गरेपछि, विक्रम ल्यान्डर स्पेसक्राफ्ट प्रोपल्सन मोड्युलबाट अलग हुनेछ ।

यसअघि इसरोबाट ट्विट गरेर भनिएको थियो, ‘चन्द्रमाको १५३ किलोमिटर×१६३ किलोमिटरको कक्षामा चन्द्रयान स्थापित भयो जुन पहिले नै अनुमान गरिएको थियो । यससँगै चन्द्रमाको सीमामा प्रवेश गर्ने प्रक्रिया पूरा भएको छ ।’

चन्द्रयान–३ जुलाई १४ मा प्रक्षेपणपछि अगस्ट ५ मा चन्द्रमाको कक्षमा प्रवेश गरेको थियो । यसपछि यो अगस्ट ६, ९ र १४ मा चन्द्रमाको भिन्न–भिन्न कक्षामा प्रवेश गर्‍यो र चन्द्रमाको नजिक हुँदै गयो ।

इसरोले औपचारिक घोषणा गर्दै आज ल्यान्डर चन्द्रयान–३ को प्रोपल्सन मोड्युलबाट अलग्गिएको बताएको छ । यसका साथै ल्यान्डिङ प्रक्रिया पनि सरु भएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप