आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

आरबीबी सेक्युरिटिज कम्पनीले पायो धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र

शुक्रबार, ०१ भदौ २०८०, ११ : १८
शुक्रबार, ०१ भदौ २०८०

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा स्थापना भएको सहायक कम्पनी आरबीबी सेक्युरिटिज कम्पनीलाई नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्रदान गरेको छ ।  

२० करोड रुपैयाँ चुक्तापुँजी रहेको सेक्युरिटिज कम्पनीले नेपाल स्टक एक्स्चेन्जको सदस्यता प्राप्त भएपश्चात् निकट भविष्यमा नै स्टक ब्रोकरको कारोबार सुरु गर्ने जनाइएको छ । 

हाल शहरी क्षेत्रमा मात्र सीमित रहेको धितोपत्र दोस्रो बजारको कारोबारलाई ग्रामिण क्षेत्रमा समेत आफ्नो कार्यक्षेत्र विस्तार गर्दै लैजाने र दूरदराजमा रहेका जनताहरुले पनि पुँजी बजारको सेवा लिन सकिने विश्वास बैंकको छ । 
यसअघि बैंकले मर्चेन्ट बैंकिङ्ग सम्बन्धी कारोबार गर्नका लागि सहायक कम्पनीको रुपमा आर.वि.वि.मर्चेन्ट बैंकिङ्ग लिमिटेडको स्थापना गरी मर्चेन्ट बैंकिङ्गको सेवा प्रदान गरिरहेको छ ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २८२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप