प्रधानमन्त्री र सभामुखबीच भेट : सदन खुलाउनका लागि छिट्टै सहमति गरिने
काठमाडौँ । संसदको जारी गतिरोध अन्त्य गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच छलफल भएको छ । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सभामुख र प्रधानमन्त्रीबीच प्रमुख प्रतिपक्षी दल एमालेले गरेको संसद अवरोध र सुचारु गर्ने विषयमा छलफल भएको हो ।
सो छलफलमा प्रधानमन्त्री प्रचण्डले सदन खुलाउनका लागि आफूले पनि पहल गर्ने र त्यसका लागि भूमिका निर्वाह गर्न सभामुख घिमिरेलाई आग्रह गरे । सदन खुलाउन छिट्टै सहमति गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले प्रमुख विपक्षी दलका नेतासँग छलफल गरेर थप पहल गर्ने बताएका छन् ।
प्रधानमन्त्रीसँगको भेटमा सभामुख घिमिरेले सदन नचल्नु राम्रो नभएको बताउँदै सांसदहरुले बोल्न समय मागेपनि प्राकृतिक विपत्ति लगायतका धेरै विषयमा सांसदहरुले बोल्न नपाएको बताए । सभामुखको सचिवालयका अनुसार सभामुख घिमिरेले भने– ‘दलिय सहमतिबिना सदन अगाडि बढ्न सक्ने स्थिति छैन । आम जनताले पनि सदन अवरोधलाई राम्रो मानेका छैनन । कम्तिमा सदन खुलाउन सत्तापक्ष र प्रतिपक्षले गम्भीरतापूर्वक छलफल गरिदिनुहोस् ।’
उनले संसदीय समितिको नेतृत्व चयन हुन नसकेको बताउँदै संसदमा कानुन निर्माण भएनन भन्ने गुनासो रहेको सुनाए । उनले भने– ‘सभामुखको रुपमा मैले सहमतिका लागि जिम्मेवारीपूर्वक पहल गरेको छु । तर, परिणाममा निस्किन सकेन । शीर्ष नेताहरु नै घण्टौं बस्दा पनि सहमति भएन ।’ गत साउन १० गतेदेखि एमालेले निरन्तर संसद अवरोध गरेपछि संसदको गतिरोध खुलाउन विभिन्न पक्षहरुबीच छलफल भेटवार्ता भएपनि सहमति जुट्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण