साम्बाको गोलमा इजरायली क्लबको जित
शुक्रबार, ०१ भदौ २०८०, १२ : १८
काठमाडौँ । इजरायली महिला लिग खेल्न हापोएल रानाना क्लबमा आबद्ध भएकी प्रभावशाली नेपाली खेलाडी सावित्रा भण्डारीले आफ्नो पहिलो खेलमै गोल गरेकी छन् । हापोएल रानानाले आफ्नो पछिल्लो खेलमा हादेरालाई २-० गोलले हरायो ।
उक्त खेलमा ‘साम्बा’ उपनामले चर्चित सावित्राले पनि एक गोल गरिन् । अथेना कप प्रतियोगिताको दोस्रो चरणमा हापोएल रानानाले हादेरालाई २-० गोलले पराजित गरेको हो ।
रानानाका लागि आदि गुल्डेन र साम्बाले एक-एक गोल गरेका हुन् । गुल्डेनलाई पनि गोलका लागि सावित्राले नै पास उपलब्ध गराएकी थिइन् । सावित्रा युरोपमा लिग खेल्ने पहिलो नेपाली महिला फुटबलर हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण