सार्वजनिक ऋणको आकार २२ खर्ब १८ अर्ब नाघ्यो, खातामा जम्मा ७१ अर्ब ९८ करोड मौज्दात
काठमाडौं । सार्वजनिक ऋणको आकार २२ खर्ब १८ अर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्ममा आन्तरिक र बाह्य गरी सार्वजनिक ऋणको आकार २२ खर्ब १८ अर्ब ५४ करोड रुपैयाँ पुगेको हो ।
यो मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) को तुलनामा ४१.२ प्रतिशत हाराहारी हो । केन्द्रीय बैंकका अनुसार २०८० असार मसान्तमा नेपाल सरकारले तिर्न बाँकी ऋण २२ खर्ब १८ अर्ब ५४ करोड रुपैयाँमध्ये बाह्य ऋण १० खर्ब ९३ अर्ब ३५ करोड रुपैयाँ छ भने आन्तरिक ऋण ११ खर्ब २५ अर्ब १९ करोड रुपैयाँ छ ।
आर्थिक वर्ष २०७९/८० मा सरकारले २ खर्ब ५६ अर्ब आन्तरिक ऋण परिचालन गरेकोमा १ खर्ब १५ अर्ब ९ करोड रुपैयाँ ऋणको साँवा भुक्तानी गरेको छ । यस अवधिमा सरकारले १ खर्ब २ अर्ब १२ करोड रुपैयाँ बाह्य ऋण परिचालन गरेको छ ।
समीक्षा अवधिमा सरकारसँग जम्मा ७१ अर्ब ९८ करोड रुपैयाँ मात्र नगद मौज्दात रहेको केन्द्रीय बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविद्वारा परीक्षार्थीका लागि कडा नियम जारी, आचारसंहिता उल्लंघन गरे कानुनी कारबाही हुने
-
नागढुंगा टनेल उद्घाटन : देश सुरुङ युगमा प्रवेश
-
सानिमा बैंकको आकर्षक रिपोर्ट, नाफा र लाभांश क्षमता दुवैमा उच्च सुधार
-
फिल्म ‘गौँथली’ ले पहिलो सातामै कमायो साढे ७ करोड
-
जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छः मन्त्री गौतम
-
साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण