शोधनान्तर स्थिति २ खर्ब ९० अर्बले बचतमा, चालु खाता घाटामा पनि आकर्षक सुधार
काठमाडौँ । आर्थिक वर्ष २०७९/८० मा मुलुकको शोधनान्तर स्थिति र चालु खाता घाटामा निकै सुधार भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा वर्षमा मुलुकको शोधनान्तर स्थिति २ खर्ब ९० अर्ब ५२ करोड रुपैयाँले बचतमा रहेको हो । अघिल्लो वर्ष शोधनान्तर स्थिति २ खर्ब ५५ अर्ब २६ करोडले घाटामा रहेको थियो ।
समीक्षा वर्षमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) आयात बढ्दै गर्दा, पर्यटक आगमनले समेत विदेशी मुद्राको सञ्चिति बढाएको र वस्तु तथा सेवाको आयात घट्दा ब्यालेन्स अफ पेमेन्ट (बीओपी) मा सुधार आएको केन्द्रीय बैंकले जनाएको छ ।
यसैगरी समीक्षा वर्षमा यता चालू खातामा समेत निकै सुधार आएको छ । केन्द्रीय बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० मा चालु खाता ७२ अर्ब १६ करोडले घाटामा रहेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो चालु खाता ६ खर्ब २३ अर्ब ३८ करोड रुपैयाँ माथिले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्ष ५ अर्ब १७ करोडले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा ५५ करोड ७१ लाखले घाटामा रहेको छ ।
समीक्षा वर्षमा पुँजीगत ट्रान्सफर २४.५ प्रतिशतले कमी आई ७ अर्ब ५४ करोड रुपैयाँ रहेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब ९६ करोड रुपैयाँ कायम भएको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर ९ अर्ब ९९ करोड रुपैयाँ र खुद प्रत्यक्ष वैदेशिक लगानी १८ अर्ब ५६ करोड रुपैयाँ रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिरामी पुर्जीको आधारमा ११ स्वास्थ्य संस्थाबाट सिस्प्लाटिन र कार्बोप्लाटिन इन्जेक्सन उपलब्ध हुने
-
बैंकिङ कसूर र चेक अनादरका १४ मुद्दामा फरार व्यक्ति पक्राउ
-
महाकाली सिँचाइ आयोजनाः सिँचाइ क्षेत्र विस्तार गरिँदै
-
सहकारी पीडितको आर्तनाद: स्ट्याण्डर्ड सहकारीले ठग्यो, सरकारी संयन्त्रले साथ दिएन
-
एमाले कार्यदलको निर्णय : सातै प्रदेशबाट सुझाव सङ्कलन गर्ने
-
सशस्त्रका एआईजी पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण