लुम्बिनी बौद्ध विश्वविद्यालयमा शीघ्र उपकुलपति नियुक्ति गर्न चार बौद्ध संस्थाको माग
काठमाडौँ । अखिल नेपाल भिक्षु महासंघ (थेरवाद), नेपाल बौद्ध महासङ्घ (महायान), नेपाल परम्परागत बौद्ध धर्म सङ्घ (बज्रयान) र धर्मोदय सभाले लुम्बिनी बौद्ध विश्वविद्यालयमा योग्य उपकुलपतिको नियुक्ति अविलम्ब गर्न नेपाल सरकारसँग माग गरेको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालयमा उपकुलपतिको नियुक्तिमा हुने ढिलासुस्तीले नेपाली बौद्ध जगत् एवम् विश्व बौद्ध जगतमा समेत नकारात्मक सन्देश प्रवाह हुने तथ्यमा नेपाल सरकार एवम् कुलपति संवेदनशील हुनु अत्यन्तै जरुरी रहेको उल्लेख गर्दै चारैवटा संस्थाले आज एक संयुक्त प्रेस विज्ञप्तिमार्फत भनेका छन्– “अन्तरराष्ट्रिय बौद्ध जगतको अपेक्षाअनुसार सम्बन्धित क्षेत्रकै प्राज्ञिक व्यक्तिलाई उपकुलपति पदमा नियुक्ति दिनु अति उत्तम हुने व्यावहारिक पक्षलाई समेत ध्यानमा राख्नु अत्यन्तै जरुरी छ ।”
विश्वविद्यालयका कुलपति रहेका प्रधानमन्त्रीलाई उपकुलपति पदमा योग्य व्यक्तिलाई यथाशीघ्र नियुक्ति गर्न चारै संस्थाको एक प्रतिनिधिमण्डलले २०७९ चैत ७ गते भेटवार्ता गरी अनुरोध गरेको स्मरण पनि भिक्षु धम्मशोभन महास्थविर, खेम्पो लामा कमल भण्डारी, प्राडा नरेशमान बज्राचार्य र सागरमान बज्राचार्यद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण