जीवनबहादुर शाहीले उठाए कर्णाली प्रदेश समिति सभापतिको कार्य दक्षतामाथि प्रश्न

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेशसभा र संसदीय समितिका सभापतिहरुको कार्यशैली तथा कार्य दक्षतामाथि प्रश्न उठाएका छन् ।
शुक्रबार प्रदेश सभाको बैठकमा बोल्दै शाहीले प्रदेश सभाका कर्मचारी र समितिका व्यक्तिहरुले विभिन्न कार्यालयमा गएर छड्के गरेको विषयमा आपत्ति जनाए । उनले कुनैपनि समितिले मन्त्रालय र कार्यालयमा छड्के गर्न नहुने तर्क गरे ।
बिहीबार प्रदेश मामिला समितिका सभापति कल्याणी खड्काले प्रदेश लोकसेवा आयोगको कार्यालयमा छड्के अनुगमन गरेकी थिइन् । यस्तै उनले मंगलबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमै पुगेर छड्के अनुगमन गरेकी थिइन् । उनले त्यहाँ कर्मचारीहरु समयमा कार्यालय नआउने गरेको भन्दै सचिवलाई निर्देशन समेत दिएकी थिइन् । उनीसँग समितिका सभापति र सदस्यहरु समेत गएका थिए ।
पूर्व मुख्यमन्त्री समेत रहेका शाहीले समितिका उक्त गतिविधिबारे प्रश्न उठाए । ‘मलाई यो कुरा सुन्दा लज्जाबोध भएको छ,’ उनले भने,‘ समितिहरुको क्षेत्राधिकार हुन्छ, त्यहाँ लेखिएको छ, कोले कहाँ जाने ? के गर्ने भनेर । तर, यहाँ समितिले छड्के गरेको कुराहरु आए ।’
समितिहरुले कहिल्यै पनि छड्के गरेको आफूले नपाएको उनले बताए । शाहीले भने,‘ छड्के सरकारले गर्छ, कुन कार्यालयमा गर्ने भन्ने सरकारले गर्ने कुरा हो । क्यामेरा मेन लगेर प्रदेश अस्पतालमा गएको छ, लोक सेवामा गएको छ । यो कहाँको नियम हो ?’
छड्के भयोभन्दा आफूलाई अचम्म लागेको शाहीले बताए । शाहीले यस्ता गतिविधिले प्रदेशको बदनामी भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेवेल नेपाल र सजिलो पे पेमेन्टको लाइसेन्स खारेज
-
इजरायलबाट नेपाली फर्काउन के गर्दै छ परराष्ट्र मन्त्रालय ?
-
लागुपदार्थ सेवन गरेर सवारी चलाएको आरोपमा बल्खुबाट ८ जना पक्राउ
-
भिजिट भिसा प्रकरणलाई मानव तस्करीसँग जोडेर हेर्न मिल्दैन : सांसद घिमिरे
-
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि राहुललाई, भुवन दुइ स्ट्रोकले पराजित
-
तीनकुने झडप : घाइतेको उपचारमा ७० लाख खर्च हुने अनुमान