सरकारले तोकेको श्रमिकको न्यूनतम पारिश्रमिकप्रति ट्रेड युनियन कांग्रेसको आपत्ति
काठमाडौँ । नेपाल ट्रेड युनियन कांग्रेसले सरकारले बजारभाउ तथा मूल्यवृद्धि समेतलाई ख्याल नगरी विद्यमान कानुन विपरीत श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गरेको भन्दै आपत्ति जनाएको छ । ट्रेड युनियन कांग्रेसले यसअघि श्रमिकको न्यूनतम पारिश्रमिक मासिक २५ हजार रुपैयाँ तोक्नुपर्ने माग गर्दै सरकारको ध्यानाकर्षण गराएको थियो ।
सरकारले बिहीबार श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३०० रुपैयाँ मात्र निर्धारण गरेपछि ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले शुक्रबार विज्ञप्तिमार्फत घोर आपत्ति जनाएका छन् ।
‘श्रम ऐन, २०७४ को दफा १०७ अनुसार गठित सरकार, रोजगारदाता र ट्रेड युनियन रहेको न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसमा सरकारले २/२ वर्षमा न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने प्रावधान छ । तर त्यस्तो व्यवस्था विपरीत बजारभाउ तथा मूल्यवृद्धिलाई समेत नजरअन्दाज गरेर एकांकी निर्णय गर्दै न्यूनतम पारिश्रमिक निर्धारण गरिएकोमा नेपाल ट्रेड युनियन कांग्रेस घोर आपत्ति जनाउँदछ,’ महासचिव राईले विज्ञप्तिमार्फत भनेका छन् ।
उनले न्यूनतम पारिश्रमिक निर्धारण समितिको पटक–पटक भएको छलफललाई अवमूल्यन गरी सरकारले एकलौटी ढंगबाट रोजगारदाताको प्रभावमा न्यूनतम पारिश्रमिक तोकेको बताए । ‘अहिलेको कहालीलाग्दो मूल्यवृद्धि र महँगीमा मासिक १७ हजार ३०० रुपैयाँ पारिश्रमिक बुझेर श्रमजीवीले कसरी बाँच्ने ? यो गम्भीर प्रश्न हामीमाझ उठेको छ,’ ट्रेड युनियन कांग्रेसले भनेको छ ।
महासचिव राईले चिया क्षेत्रमा गरिएको न्यूनतम तलब ज्याला भेदभावपूर्ण रहेकोमा समेत आपत्ति जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा तथा खेलकुद मन्त्रालयको १०० दिनः यी हुन् मुख्य कार्य र सुधारका प्रयासहरू
-
उद्योग मन्त्रालयको १०० दिने कार्यप्रगति विवरणमा केके छन् ?
-
मुख्यमन्त्री कार्यालयमा ‘कन्सल्टेन्ट मोह’
-
यस्तो छ ऊर्जा मन्त्रालयको सयदिने उपलब्धि
-
भोजपुर पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
-
साढे ४३ करोड वक्यौता असुली, विदेशमै लुक्ने त्रिविका ४०० प्राध्यापकबाट १३ करोड असुल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण