प्रस्तावित शिक्षा ऐनले समस्या सुल्झँदैन : महामन्त्री शर्मा
झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तावित सार्वजनिक विद्यालय शिक्षा ऐन, २०८० अपुरो रहेकाले विद्यमान शैक्षिक समस्या नसुल्झने बताएका छन् । आन्दोलनरत सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले आज धुलाबारीमा बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै उनले सरोकारवालसँग बसेर छलफल नगरी विद्येयक ल्याउँदा यस्तो समस्या भएको बताए ।
महामन्त्री शर्माले प्रस्तावित ऐनले शिक्षा क्षेत्रका समस्या नसुल्झनेमा आफू दृढ रहेको बताए । उनले शिक्षकको जारी आन्दोलनप्रति ऐक्यबद्धतासमेत जनाएका छन् । “मैले प्रस्तावित यो ऐन सुक्ष्म अध्ययन गरेको छु” उनले भने, “ऐनको मस्यौदा कसले, किन, कुन उद्देश्य र प्रयोजनका लागि तयार गरेको भन्ने कुराले अन्योल सिर्जना गरेको छ ।”
उनले विधेयक क्याविनेटमा पास नभई संसद्मा नआउने र गलत ढङ्गले आए विधेयक संशोधन नहुने भन्दै शिक्षकलाई आश्वासन दिए । उनले शिक्षा क्षेत्र राम्रो भए समाज राम्रो हुने भएकाले आफू व्यक्तिगतरुपमा पनि राम्रो विद्यालय ऐन बनाउने पक्षमा रहेको बताए ।
ध्यानाकर्षणपत्र बुझाउन पुगेका शिक्षकले पनि ऐन संशोधन गर्न जरुरी भएको बताएका थिए । उनीहरूले प्रस्तावित ऐनमा शिक्षकलाई हेर्ने मनोविज्ञान गलत भएको र मानमर्दन गरिएकाले यो विधेयक ल्याए जस्तोसुकै आन्दोलन गर्न तयार रहेको चेतावनी दिएका थिए ।
ध्यानाकर्षणपत्र बुझाउन नेपाल शिक्षक सङ्घका कोशी प्रदेश अध्यक्ष तेजप्रसाद चौलागाई, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन अध्यक्ष झापा अध्यक्ष द्रोण श्रेष्ठ, प्रगतिशील राष्ट्रिय शिक्षक सङ्गठन झापा अध्यक्ष ज्ञानेन्द्र ढुङ्गाना, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन झापा अध्यक्ष रविन्द्र मैनाली, नेपाल शिक्षक सङ्घ झापा अध्यक्ष तोयानाथ दाहाल (भाष्कर), पूर्वअध्यक्ष नेत्रप्रसाद खरेललगायत महामन्त्री शर्माको निजी निवास मै पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिनासँगको हारपछि निराश केनले के भने ?
-
के मेस्सीले सकिदिएकै हुन् त ‘सर्वकालीन महान’को बहस ?
-
५ निकायलाई खाली राखेर ५ सचिवलाई राखियो जगेडामा
-
बहुदलीय जनवादको अगेनोमा रोटी सेक्ने र दाउरा बोक्नेबिचको द्वन्द्व
-
फरक-फरक स्थानमा तीन जना मृत अवस्थामा फेला, प्रहरीद्वारा अनुसन्धान सुरु
-
रास्वपामा वरीयता : निवर्तमान महामन्त्री बुर्लाकोटी १३औँ स्थानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण