जिन्दगीलाई अमृत पिलाउ
तिमी बाँच्छौ
बाँचिरहेका छौ
मन मगन भै
तन लहर भै
म कोट्याउँछु तिमीलाई
म बोलाउँछु केही भन्नलाई
तर, तिमीलाई फुर्सद छैन
अझ भनु
तिमीलाई मन नै छैन
मसंग बोल्न
आमा बिमार छिन्
बाबा बूढा छन्
तर, तिमी पागलझैँ
घोप्टी रहन्छौ
दुइ औंलाको खेलमा
दिनहरु बिताइरहन्छौ
हो,
खेल्नु स्वास्थ्यको लागि राम्रो हो
खेल्नु पर्छ, खेल
तर, आफैलाई बिर्सेर होइन
आफैलाई मासेर होइन
खै बुझेको तिमीले ?
नयाँ युगको थालनी छ
तिम्रो हातमा
नयाँ युग
हिँडन जान्नु पर्छ
नयाँ युग
बाँच्न जान्नु पर्छ ।
पासवर्ड, लाईक र कमेन्टमा
जिन्दगी सीमित त पक्कै हुँदैन
फर्क, ब्यूँझ
बिमार आमा र बूढा बाबाको
नजिक जाउ, मुस्कुराउ
तिम्रो मुस्कानले
उहाँहरु फक्रिनु हुनेछ
तिम्रो भलाकुशारीले
उहाँहरु मौलाउनु हुनेछ
जिन्दगीलाई जिन्दगी ठान
भोलि हुँदैन यो
जिन्दगीलाई अमृत पिलाउ
भोलि भेटिदैन यो ।
बकैया–९, मकवानपुर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण