अपराध
१५ वर्षीय बालिकामाथि ९ जनाले गरे बलात्कार, पेटमा बच्चा हुर्किएपछि प्रहरीमा किटानी जाहेरी
३ जना पक्राउ
शनिबार, ०२ भदौ २०८०, १३ : १३

डोल्पा । डोल्पामा १५ वर्षीय बालिकामाथि ९ जनाद्वारा सामूहिक रुपमा बलात्कार गरेको भन्दै प्रहरीमा किटानी जाहेरी परेको छ । डोल्पाका प्रहरी प्रमुख शिव बुढाथोकीले उजुरी आएसँगै तीन जनालाई पक्राउ गरिसकिएको रातोपाटीलाई जानकारी दिए ।
घटना करिब ६ महिना अगाडिको हो । ‘बालिकाको पेटमा गर्भ रहेको रहेछ,’ उनले भने,‘ बच्चा हुर्किँदै गएको परिवारले थाहा पाएपछि आफन्तले किटानी जाहेरी दिनुभएको छ ।’ जगदुल्ला गाउँपालिकामा ९ जनाले सामूहिक रुपमा बलात्कार गरेको उजुरी आएसँगै अनुसन्धानको प्रक्रिया अघि बढाइएको उनले बताए ।
एक जनालाई मुगुबाट पक्राउ गरिएको र दुई जनालाई जुम्लाबाट पक्राउ गरिएको छ । फरार रहेका बाँकी ६ जनालाई पनि खोज्ने क्रम जारी रहेको उनले बताए । पक्राउ परेकाको नाम भने प्रहरीले गोप्य राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थतन्त्र लयमा फर्काउने बजेट आएको छ– सांसद गिरी
-
८४ प्रतिशत पुरुषहरू यौन सम्बन्ध राखे पनि सन्तुष्ट छैनन् : अध्ययन
-
राक्सिराङबाट २ थान पेस्तोल र गोलीसहित एक जना पक्राउ
-
सदनभित्र पलेँटी कसेर बसे रास्वपाका सांसद्, तस्बिरमा हेर्नुहोस्
-
सम्पर्कविहीन बनेका डाक्टरको चाबहिल क्षेत्रमा खोजी गरिँदै
-
राप्रपाको बहिस्कार र रास्वपाको बेल घेराउका बिच संसद् चलाइयो, तस्बिरहरू