मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
कति प्रदूषित छन् काठमाडौँका खोला ?
फोटोफिचर

कति प्रदूषित छन् काठमाडौँका खोला ?

आइतबार, ०३ भदौ २०८०

काठमाडौँ । काठमाडौँको सभ्यताको रूपमा चिनिएको बागमती र यसका विभिन्न सहायक नदीको प्रदूषणको बारेमा समय समयमा चर्चा परिचर्चा हुने गरेको छ । ढल र फोहोर मिसिँदा खोला प्रदूषित हुने गरेको बताइन्छ । 

गत हप्ता विभिन्न स्थानमा आएको बाढीले बगाएका फोहोरहरू अहिले खोलाका तीर र डुबान भएका क्षेत्रमा अझै पनि देख्न सकिन्छ । बर्खामा खोलामा पानीको सतह बढ्दा ढलहरु नदेखिए पनि यसमा प्लास्टिक र अन्य नकुहिने फोहोरको मात्रा बढी नै रहेको देखिन्छ । 

यी खोलामा दैनिक कति फोहोर मिसिन्छन् र ती मध्ये नकुहिने प्लास्टिकजन्य फोहोर फालिन्छन् भन्ने यकिन तथ्याङ्क सजिलै पाइन्न तर बाढी पछि खोला किनारमा अल्झिने फोहोरले सो मात्रा बढिरहेको देखाउँछ । 

भारी वर्षासँग डुबानको सामना गरेको बागमती किनारमा अहिले फोहोर यत्रतत्र छरिएका छन् । कोरिडोरमा बनाइएका विभिन्न संरचनामा अहिले फोहोर विशेषतः प्लास्टिक र अन्य नकुहिने फोहोर यत्तिकै छन् । रातोपाटीका फोटोपत्रकार सुवास श्रेष्ठले खिचेका यी तस्बिरले वास्तविकता देखाउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया