बागमती प्रदेशले फागुनमा ‘अन्तर प्रदेश राष्ट्रिय खेलकुद’ आयोजना गर्ने
काठमाडौँ । बागमती प्रदेश खेलकुद विकास परिषद्ले ‘अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता’ आयोजना गर्ने भएको छ । उक्त प्रतियोगिता आगामी फागुनमा आयोजना हुने प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ ।
परिषद्का अध्यक्ष एवं सामाजिक विकासमन्त्री कुमारी मोक्तानको अध्यक्षतामा काठमाडौंमा आइतबार बसेको बोर्ड बैठकले अन्तर प्रदेश राष्ट्रिय खेलकुद फागुन २४ देखि ३० गतेसम्म गर्ने निणर्य गरेको जानकारी परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले दिए ।
प्रतियोगिता आयोजना हुने स्थान भने यकिन भइसकेको छैन । प्रतियोगितामा सातवटै प्रदेशको सहभागिता रहने बताइएको छ । अन्तर प्रदेश राष्ट्रिय खेलकुदमा कम्तीमा १३ खेल समावेश गरिने बताइएको छ ।
दोश्रो बागमती प्रदेश खेलकुदमा समावेश १३ खेललाई समावेश गरिने सदस्यसचिव भण्डारीले जानकारी दिए । दोश्रो बागमती प्रदेश खेलकुदमा एथलेटिक्स, पौडी, ब्याडमिन्टन, कराँते, तेक्वान्दो, भलिबल, उसु, जुडो, आईटीएफ तेक्वान्दो, रग्बी, फुटबल, क्रिकेट र बक्सिङको प्रतिस्पर्धा भएको थियो ।
बैठकले बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड माघ मसान्तभित्र सम्पन्न गर्ने निणर्य पनि गरेको छ । यसैगरी स्थानिय तह र जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड क्रमशः आगामी मंसिर र पुसमा सम्पन्न गर्ने गरी तयारी अगाडि बढाइने भएको छ । बैठकमा गत आथिर्क वर्षको समीक्षा पनि गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धले तेल बजारमा 'ओपेक प्लस'को प्रभाव कमजोर, उत्पादन बढाउने तयारी
-
सचिवको एसएमएसमाथि प्रधानमन्त्रीको 'मजाक'लाई मन्त्री र सांसदको साथ
-
रास्वपा केन्द्रीय कार्यालयमा प्रदर्शन
-
जब फ्रान्सले जित्न सिक्यो
-
इरान वार्ताबारे अमेरिकी अधिकारीमाथि इजरायलले जासुसी गरेको आशङ्का
-
विश्वकप सुरु हुनुअघि मेक्सिको सिटीमा मानव लहरको विश्व कीर्तिमान प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण