रुसको लुना–२५ चन्द्रमामा सफ्ट ल्यान्डिङको एक दिनअघि दुर्घटनाग्रस्त
रुसको लुना–२५ अन्तरिक्ष यान चन्द्रमामा दुर्घटनाग्रस्त भएको छ । रुसले यो अभियान भारतको चन्द्रयान ३ मिसनको केही दिन अघि सुरु गरेको थियो ।
यो मानवरहित यान चन्द्रमाको दक्षिण ध्रुवमा सफ्ट ल्यान्डिङ गर्न लागेको थियो तर त्यसअघि नै प्राविधिक गडबडीका कारण दुर्घटना भएको हो ।
रसियाको सरकारी एजेन्सी रोजकोसमोसले आइतबार बिहान दिएको जानकारी अनुसार शनिवार अपराह्न १४ः५७ बजे लगत्तै लूना–२५सँग उसको सम्पर्क टुटेको थियो ।
यो अपरिचित कक्षमा गएर चन्द्रमाको सतहसँग ठोक्किएको बयानमा भनिएको छ । रुसले चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्न भारतको चन्द्रयान–३ सँग प्रतिस्पर्धा गरिरहेको थियो ।
भारतको चन्द्रयान–३ अर्को साता चन्द्रमाको सतहमा अवतरण हुन लागेको छ । अहिलेसम्म कुनै पनि देश चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्न सकेको छैन । यद्यपि अमेरिका र चीनले चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ गरिसकेको छ ।
पछिल्लो झन्डै ५० वर्षमा यो चन्द्रमामा रुसको पहिलो अभियान थियो । यो यानले सोमबार अवतरण गर्नुपर्ने थियो ।
लुना २५ ले चन्द्रमाको त्यो भागको अनुसन्धान गर्नुपर्ने थियो, जहाँ वैज्ञानिकहरूले जम्मा भएको पानी र धेरै मूल्यवान् तत्त्वहरू फेला पर्ने अपेक्षा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण