सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

रुसको लुना–२५ चन्द्रमामा सफ्ट ल्यान्डिङको एक दिनअघि दुर्घटनाग्रस्त

आइतबार, ०३ भदौ २०८०, १५ : ३३
आइतबार, ०३ भदौ २०८०

रुसको लुना–२५ अन्तरिक्ष यान चन्द्रमामा दुर्घटनाग्रस्त भएको छ । रुसले यो अभियान भारतको चन्द्रयान ३ मिसनको केही दिन अघि सुरु गरेको थियो ।

यो मानवरहित यान चन्द्रमाको दक्षिण ध्रुवमा सफ्ट ल्यान्डिङ गर्न लागेको थियो तर त्यसअघि नै प्राविधिक गडबडीका कारण दुर्घटना भएको हो ।

रसियाको सरकारी एजेन्सी रोजकोसमोसले आइतबार बिहान दिएको जानकारी अनुसार  शनिवार अपराह्न १४ः५७ बजे लगत्तै लूना–२५सँग उसको सम्पर्क टुटेको थियो । 

यो अपरिचित कक्षमा गएर चन्द्रमाको सतहसँग ठोक्किएको बयानमा भनिएको छ । रुसले चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्न भारतको चन्द्रयान–३ सँग प्रतिस्पर्धा गरिरहेको थियो ।

भारतको चन्द्रयान–३ अर्को साता चन्द्रमाको सतहमा अवतरण हुन लागेको छ । अहिलेसम्म कुनै पनि देश चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्न सकेको छैन । यद्यपि अमेरिका र चीनले चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ गरिसकेको छ ।

पछिल्लो झन्डै ५० वर्षमा यो चन्द्रमामा रुसको पहिलो अभियान थियो । यो यानले सोमबार अवतरण गर्नुपर्ने थियो ।

लुना २५ ले चन्द्रमाको त्यो भागको अनुसन्धान गर्नुपर्ने थियो, जहाँ वैज्ञानिकहरूले जम्मा भएको पानी र धेरै मूल्यवान् तत्त्वहरू फेला पर्ने अपेक्षा गरेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप