एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सोमबार पनि जारी रहने, आज २६ जनाले बोले
काठमाडाैँ । नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । आइतबार पार्टी कार्यालयमा बिहान ११ बजेदेखि सुरु भएको बैठक साँझ पौने ६ बजेसम्म जारी रहेर स्थगित भएको हो ।
बैठक सोमबार बिहान ११ बजेदेखि पुनः सुरु हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
उनका अनुसार आजको बैठकमा २६ जना पोलिटब्युरो सदस्यले बोलेका छन् । यसअघि तय भएका ७ एजेण्डामाथि उमेश डाँगी, कृष्ण पन्त, कृष्ण खनाल, गणेश बिके, गणेश काङवाङ, चिरञ्जिवी आचार्य, दिलु पन्त, धर्म निरौला, निरा जैरु, बसन्त मानन्धरलगायतले धारणा राखेको उनको भनाइ छ ।
आजको बैठकमा बोल्दै अध्यक्ष माधव कुमार नेपालले अगाडि आइपर्ने सबैखालका गम्भीर चुनौतीको सामना गर्न तयार भएर आफूहरुले नयाँ पार्टी बनाएका बताउँदै यो पार्टी नै कम्युनिस्टमा सबैभन्दा उत्तम विकल्प भएको बताए ।
उनले कम्युनिस्ट आन्दोलनको रक्षा गर्न आफूहरु प्रतिबद्ध रहेपनि बताए । उनले सबैखालको भ्रष्टाचारको छानबिन हुनुपर्नेमा जोड दिँदै सरकारले गरेको कामको प्रशंशा पनि गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण