आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

प्रभु क्यापिटल लिमिटेडका ग्राहकलाई गुह्येश्वरी डेन्टलमा छुट

आइतबार, ०३ भदौ २०८०, २० : २३
आइतबार, ०३ भदौ २०८०

काठमाडौँ । प्रभु क्यापिटल लिमिटेड र गुह्येश्वरी डेन्टल मल्टीस्पेसियालिटी एन्ड इम्प्लान्ट हबबीच छुट सम्झौता भएको छ । 

उक्त सम्झौता पत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र डेन्टलको तर्फबाट सञ्चालक दिपेश गोर्खालीले हस्ताक्षर गरेका हुन् । सम्झोतापछि क्यापिटलका ग्राहकहरूले डेन्टलमा सेवा लिँदा १५ प्रतिशत छुट पाउन सक्छन्  ।

यो योजनाबाट लाभ लिन ग्राहकहरूले बिल पेमेन्ट गर्दा प्रभु क्यापिटल लिमिटेडमा हितग्राही खाता रहेका जानकारीसहित खाता नम्बर डेन्टललाई उपलब्ध गराउनु पर्नेछ । यो अफरको लाभ क्यापिटलका ग्राहकले छुट सम्झौता भएको मितिबाट १ वर्ष सम्म लिन सक्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप