शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
ललिता निवास प्रकरण

ललिता निवास जग्गा प्रकरणमा मुछिएका माधव नेपालसँग समेत सीआईबीले बयान लियो

सोमबार, ०४ भदौ २०८०, १२ : ०९
सोमबार, ०४ भदौ २०८०

काठमाडौँ । ललिता निवास जग्गा घोटाला प्रकरणमा  अनुसन्धान व्यूरो (सीआईबी) ले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग बयान लिएको छ । सीआईबीले अर्का पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईसँग समेत बयान लिइसकेको छ । 

सीआईबीकी प्रमुख आईजी किरण बज्राचार्यले नेपालसँग पनि बयान लिइएको जानकारी दिइन् ।   सीआईबीले साउन २८ मा पूर्व मुख्य सचिव लीलामणि पौड्यालसँग बयान लिएको थियो। बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा पौड्याल मुख्य सचिव थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप