शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

श्रम बैंकमा आबद्ध हुन काठमाडौँ महानगरपालिकाले माग्यो आवेदन

सोमबार, ०४ भदौ २०८०, १२ : ४१
सोमबार, ०४ भदौ २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले श्रम बैंकमा आबद्ध हुन आवेदन माग गरेको छ । रोजगार नभएका जनशक्तिलाई श्रम बैंकमा आबद्ध गराउने उद्देश्यले महानगरले आवेदन माग गरेको हो ।  आर्थिक वर्ष २०८०–०८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजना अन्तर्गत श्रम बैंक सञ्चालन गर्ने योजना छ । सोही आधारमा उक्त नीति कार्यान्वयन गर्न आवेदन आह्वान गरेको महानगरले जनाएको छ । 

यसबाट सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मत सम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउने लगायत क्षेत्रमा काम गर्न चाहिने जनशक्तिको सूचीकरण हुने प्रशासन महाशाखा प्रमुख सरिता राईले जानकारी दिइन् । 

त्यसका लागि मा गएर सूचना र परिपत्र खण्डमा रहेको ‘काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको श्रम बैंकमा आबद्ध हुने बारेको सूचना’ मा थिच्नुपर्छ । यसपछि खुल्ने पेजमा सूचनाको ब्यहोरा भएको र अनुसूची १ बमोजिमको फाराम सम्बन्धी २ वटा फाइल देखिनेछन् । आफूलाई चाहिने जानकारी सूचनाबाट लिन सकिनेछ । 

यसमा आफ्नो विवरण, आफूले काम गरेको भए अनुभवको क्षेत्र, आफूले चाहेको काम सम्बन्धी विवरण भर्नुपर्छ । फारममा अन्यसहित ६४ प्रकारका काम उल्लेख गरिएको छ ।  यो फारम डाउनलोड गरेर भर्न सकिनेछ । भरिएको फाराम आफू बसेको वडामा अथवा महानगरपालिकाको रोजगार सेवा केन्द्रमा बुझाउन सक्नेछन् । 

श्रम बैंकमा आबद्ध हुन स्थायी ठेगाना जहाँ भए पनि हुने तर काठमाडौँमा बसेको हुनुपर्ने राईले बताइन् ।  महानगरपालिकाले चालू आर्थिक वर्षमा पटके वा दैनिक ज्यालादारीमा काममा लगाउँदा यसै सूचीबाट जनशक्ति लिइनेछ । त्यस्तै स्वीकृत दर रेटका आधारमा पारिश्रमिक उपलब्ध गराइनेछ । यसमा काठमाडौँ महानगरपालिकावासीलाई विशेष प्राथमिकता दिइनेछ । 

यसबाट महानगरपालिकालाई आवश्यक पर्ने श्रम शक्तिको उपलब्धता सहज हुनेछ । यसमा सूचीकृत जनशक्तिलाई अन्य सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा समेत उपलब्ध गराउन सकिनेछ । यसले बेरोजगार रहेका श्रम शक्तिलाई रोजगारीमा पहुँच बढाउँछ । श्रम संस्कृतिको विकास गर्छ । यस्तै वैदेशिक रोजगारीमा युवा श्रम शक्तिको पलायनलाई रोकथाम गर्न मद्दत गर्ने राईको भनाई छ ।

k

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप