आज विश्वासको मत लिने सम्भावना सकियो : मुख्यमन्त्री
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने समय टरेको बताएका छन् ।
विराटनगरस्थित होटेल स्टर्नस्टारमा आयोजित सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले यस्तो बताएका हुन् । ‘आफैँले बोलाएको बैठक र उपसभामुखले दिएको समय थियो । उहाँ नै अनुपस्थित हुनुभयो । उहाँले आज बिहान ९ बजेतिर जानकारी दिनुभयो,’ थापाले भने, ‘उहाँले बोलाएको बैठकमा उहाँ नहुँदा के गर्ने भन्ने निर्णय कार्य व्यवस्था परामर्श समितिले निर्णय गर्छ । आजै विश्वासको मत लिने सम्भावना देखिएन । सल्लाह गरेर अर्को दिनलाई निश्चित गरेर हामी अगाडि बढ्छौँ ।’
यद्यपि कार्य व्यवस्था परामर्श समितिको बैठक राखेर त्यसबारे औपचारिक निर्णय गर्ने उनले बताए । ‘कार्य व्यवस्था परामर्श समितिको बैठक बसेर के गर्ने भन्ने निर्णय हुन्छ,’ उनले भने ।
थापाले बजेट प्रतिस्थापन गरेर अगाडि बढ्ने पनि बताए । बजेट प्रतिस्थापन गर्नका लागि आगामी भदौ १० गतेसम्म समयावधि रहेको छ । उनले विश्वासको मत लिने विभिन्न तरिका र उपायहरु रहेको बताउँदै आफूले निर्धारित समयमै विश्वासको मत पाउने पनि दाबी गरे । ‘विश्वासको मत लिने सम्बन्धमा हामीलाई ३० दिनको समय दिएको छ । त्यो अवधिभित्र विश्वासको मत लिन्छौँ,’ थापाले भने ।
प्रदेशमा प्रदेशसभाभित्र रहेका दलहरूका बीचमा सहमति, सहकार्य र एकता गरेर प्रदेशको स्थायित्व दिन र विकासका काम मिलेर गर्न आफूहरूले उदारता अपनाए पनि एमालेले एउटा भनेर अर्को काम गरेको उनले टिप्पणी गरे । ‘एमालेले सल्लाह एउटा गर्ने, कुरा एउटा गर्ने काम अर्को गर्ने भयो । विश्वासको मत लिने समयमा अनुपस्थिति हुने हो भने आफैँले किन समय दिएको ? समय नदिएको भए हुन्थ्यो नि ?,’ थापाले भने । उनले उपसभामुख सिर्जना दनुवारले संसदीय व्यवस्थाभित्र द्वन्द्व सिर्जना गर्न खोजेको र अलोकतान्त्रिक कदम चालेको पनि दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण