कोशी प्रदेशसभा बैठक सुरु
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले अन्ततः आजै विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक सुरु भएको छ । सत्ता गठबन्धन दलको बैठकले थापाले आजै विश्वासको मत लिनुपर्ने निर्णय गरेको छ । गठबन्धन दल नेकपा ९माओवादी केन्द्र० संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले संविधानको धारा १८८ अनुसार विश्वासको मत लिन लागेको जानकारी दिए ।
प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवार भने मुख्यमन्त्रीलाई विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक बोलाएर ‘अचानक स्वास्थ्यमा समस्या देखिएको’ भन्दै काठमाडौँ लागेकी छिन् । उनले प्रदेशसभाको अध्यक्ष मण्डलका सदस्य रहेका काँग्रेस सांसद इस्राइल मन्सुरीलाई बैठक सञ्चालन गर्ने जिम्मा दिएकी छिन् । उनै मन्सुरीले प्रदेशसभा बैठक सञ्चालन गरेका छन् ।
९३ जना प्रदेशसभा सांसद रहेको प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत लिन ४७ सांसदको समर्थन चाहिन्छ । त्यसका लागि कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी)का ४ र जसपाको १ सांसद गरी ४७ पुग्छन् । तर, काँग्रेसकै सांसद मन्सुरीले प्रदेशसभा संचालन गर्नुपर्ने भएपछि गठबन्धनको पक्षमा ४६ जनामात्रै सांसद पुग्छन् । गठबन्धनले भने मन्सुरीलाई पनि मतदानमा सहभागी गराउने तयारी गरेको स्रोतले जनाएको छ ।
उता, विपक्षमा एमालेको ४० र राप्रपाको ६ जना सांसद रहेका छन् । कांग्रेस, माओवादी, नेकपा एस र जसपा सम्मिलित गठनबन्धनको सहयोगमा उद्धब थापाको नेतृत्वको सरकार गत साउन १७ गते गठन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण