मुख्यमन्त्री थापाद्वारा विश्वासको मतको प्रस्ताव पेश
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभामा विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पेश गरेका छन् । सोमबारको बैठकमा थापाले आफ्नो प्रस्ताव पेश गरेसँगै यसबारे छलफल सुरु भएको छ।
९३ जना प्रदेशसभा सांसद रहेको प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत लिन ४७ सांसदको समर्थन चाहिन्छ । त्यसका लागि काग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी) का ४ र जसपाको १ सांसद गरी ४७ पुग्छन् । तर, काग्रेसकै सांसद मन्सुरीले प्रदेशसभा सञ्चालन गर्नुपर्ने भएपछि गठबन्धनको पक्षमा ४६ जनामात्रै सांसद पुग्छन् । गठबन्धनले भने मन्सुरीलाई पनि मतदानमा सहभागी गराउने तयारी गरेको स्रोतले जनाएको छ ।
उता, विपक्षमा एमालेको ४० र राप्रपाको ६ जना सांसद रहेका छन् । काग्रेस, माओवादी, नेकपा एस र जसपा सम्मिलित गठनबन्धनको सहयोगमा उद्धब थापाको नेतृत्वको सरकार गत साउन १७ गते गठन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण