नाटक मञ्चन उपसभामुखले होइन सभामुखले गरेका थिए : एमाले
विराटनगर । कोशी प्रदेशसभा नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले उपसभामुख सिर्जना दनुवारले नाटक मञ्चन नगरेको बताएका छन् । मुख्यमन्त्री उद्धव थापाले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव माथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
भण्डारीले उपसभामुखले संविधान र कानुनअनुसार अध्यक्ष मण्डलका सदस्यलाई जिम्मेवारी दिएर उपचारका लागि अस्पताल गएको उनले बताए । सत्तारुढ दलले उपसभामुखले नाटक मञ्चन गरेको भन्दै गरेको टिप्पणीप्रति प्रतिक्रिया दिँदै उनले भने, ‘सभामुखलाई खुलेआम हस्ताक्षर गर्न लगाएर सरकार बनाउनेहरुले गरेको चाहिं नाटक मञ्चन थियो कि आज हो ? ।’ एमालेले एकैछिनमा बिरामी बनाउने र एकैछिनमा निको बनाउने काम नगर्ने पनि उनले बताए ।
सर्वोच्च अदालतले सभामुखको समर्थनमा बनेको सरकारलाई बर्खास्त गरेको उदाहरण दिँदै उनले अदालतले बर्खास्त गरेको सरकारले मुख्यमन्त्री कार्यालयमा ताला लगाएर ६ दिनसम्म सरकारबिहीनताको अवस्था सिर्जना गरेको पनि बताए । उनले ४७ जना सांसदको समर्थन देखाए ताली पड्काएर मुख्यमन्त्रीलाई बधाई दिने बताए ।
सांसदहरुले बिदामा बस्नै नपाउने भन्दै उनले भने, ‘हिंजो बिदाको सूचना नदिइ बिदामा बस्दा कानुनको पालना भएको थिएन । अहिले सूचना दिएर कानून अनुसार विदामा बसेका हुन् । अलिअलि काम छ, रुघा, खोकी डेंगु भन्नुभयो, सूचना दिनुहोस् र बिदामा बस्नु भन्यौं बस्नुभयो ।’
उनले संविधान र कानुनको हुर्मत धेरैचोटी गठबन्धनले लिएको भन्दै अब पनि हुर्मत लिए प्रादेशिक संरचनामाथिको विरोधलाई उत्कर्षमा पुर्याएको जिम्मेवारी लिनुपर्ने चेतावनी दिए । उनले आफ्नो स्वार्थको लागि संविधान र कानूनको व्याख्या नगर्न चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण