ओखलढुंगा–काठमाडौँ पत्रकार समाज गठन
काठमाडौँ । ओखलढुंगा घर भई काठमाडौँ उपत्यकाका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूबीच आयोजित भेला सम्पन्न भएका छ ।
भेलाले ओखलढुंगाबाट राजधानी आएर सञ्चारमाध्यममा कार्यरत पत्रकारबीच समन्वय गर्ने उद्देश्यले चेतनाथ धमलाको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।
समिति सदस्यमा मनोज भट्टराई, जानुका बराल ,युवराज पहाडी ,जीवन शर्मा, टीकादास श्रेष्ठ र शिव विक 'मिलन' रहेका छन् । ओखलढुंगा र काठमाडौँका सञ्चारमाध्यमबीच सम्पर्क सेतुको काम गर्दै समग्र पत्रकारिताको उन्नायनबारे भेलामा छलफल भएका थियो ।
भेलामा राष्ट्रिय समाचार समितिका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, प्रेस काउन्सिल नेपालका पूर्व कार्यबहाक अध्यक्ष तथा वरिष्ठ पत्रकार गोपाल बुढाथोकी, नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बाला अधिकारी, प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष सलोजा दाहाल, गोरखापत्र दैनिकका नायब कार्यकारी सम्पादक तुलसीहरि कोइराला, ओखलढुंगा-काठमाडौँ पत्रकार समाज म्यासेन्जर ग्रुपका एडमिन मनोज भट्टराई, न्युज एजेन्सी नेपालका प्रबन्ध निर्देशक तथा समाचार संयोजक सबिन धमला, तुलसीहरि कोइराला, विनोद दाहाल 'वत्स' , सलोजा दाहाल ,नारायण घिमिरे, सविन धमला, युवराज पहाडी, टिकादास श्रेष्ठ, रामनाथ घिमिरे, लोचन खतिवडा ,सरोज ढुंगेल, नवीन धमला, सुमन निरौला, मनोज भट्टराई, जीवन शर्मा र गोविन्द गिरीलगायतले आ-आफ्नो विचार व्यक्त गरेका थिए ।
यसैक्रममा मदन कोइराला, श्याम राई, पुण्यराज पुडासैनी र चित्र वाग्लेको समेत उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण