सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक बस्दै

मङ्गलबार, ०५ भदौ २०८०, ०७ : ३२
मङ्गलबार, ०५ भदौ २०८०

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ । ललितपुरको बालकुमारीमा बस्ने बैठकमा पार्टीका सबै तहका कमिटी तथा जनवर्गीय सङ्गठनको समीक्षा गरी महाधिवेशनको मिति र स्थान तय  गरिने छ । पार्टी स्थापना भएको करिब दुई वर्षमा पनि महाधिवेशन हुनसकेको छैन ।

 पछिल्लो विकसित परिस्थितिमा पार्टीको भूमिका तथा सङ्गठन निर्माणमा भएका गतिविधिबारे मातहतका कमिटीले केन्द्रलाई प्रतिवेदन प्रस्तुत गरेपछि केन्द्रीय कमिटी बैठकबाट महाधिवेशनको टुङ्गो लगाइने महासचिव घनश्याम भुसालले जानकारी दिए ।

उनका अनुसार यही भदौ ७ गतेसम्म चल्ने बैठकमा राजनीतिक परिस्थिति एवं घटनाक्रमका साथै सङ्गठनको पुनःगठन, पार्टीको भूमिकालाई सशक्त बनाउने विषयमा छलफल गरिने छ । 

बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टीको वैचारिक दृष्टिकोणसहितको राजनीतिक प्रतिवेदन तथा महासचिव  भुसालले साङ्गठनिक प्रतिवेदन बैठकमा छलफलका लागि पेस गर्नुहुने जनाइएको छ । ती दुवै प्रतिवेदनमा आवश्यक सुझावसहित परिमार्जन गरिने छ । समाजवादी अर्थव्यवस्था कार्यान्वयनमा देखिएका चुनौती तथा सम्भावनाबारे समेत बैठकमा बहस हुने महासचिव भुसालले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप