मुक्तिनाथ क्यापिटल लिमिटेड तथा गुरु ट्राभल्स लिमिटेडबीच व्यावसायिक सहकार्य सहमति
काठमाडौँ । नेपाली पूँजीबजारकै अग्रेणी मर्चेन्ट बैंकिङ्ग कम्पनी मुक्तिनाथ क्यापिटल लिमिटेड तथा नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, गुरु ट्राभल्स लिमिटेडबीच व्यावसायिक सहकार्य सहमति पत्रमा हस्ताक्षर भएको छ ।
मुक्तिनाथ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वजजोशीतथा गुरु ट्राभल्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नवराज धरेलबाट हस्ताक्षरित सहमति पत्र एक कार्यक्रमकाबीच सार्वजनिक गरियो ।
उक्त सहमति पत्रमा उल्लेख भए बमोजिम मुक्तिनाथ क्यापिटल लिमिटेडले गुरु ट्राभल्स लिमिटेडका सेवाग्राहीहरूका लागि डिम्याट खाता सञ्चालन र लगानी व्यवस्थापन सेवालगायतका आप्mना सेवाहरूमा विशेष छुट प्रदान गर्ने तथा गुरु ट्राभल्स लिमिटेडले क्यापिटलका हित ग्राही खातावालाहरु तथा लगानी व्यवस्थापन सेवा लिने ग्राहकहरूलाई ट्राभल्स सेवा अन्तर्गत युरोप, एसिया तथा अन्यगन्तव्यका प्याकेजहरुमा विशेष छुट तथा सुविधाहरू प्रदान गर्ने सहमति भएको जनाइएको छ । व्यावसायिक सहकार्यका अतिरिक्त सामाजिक अभियानहरू तथा संस्थागत सामाजिक क्रियाकलापहरूमा आपसी सहकार्य गरी समन्वयात्मक ढङ्गबाट गर्ने गराउने पनि सहमति भएको छ ।
समारोहमा मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृतले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गर्नुभयो । गुरु ट्राभल्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृतले आपसी सहकार्यबाट व्यावसायिक उचाइ हासिल हुने अपेक्षा राखे । समारोहमा दुईवटै संस्थाका वरिष्ठ कर्मचारीहरूका उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
-
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यक : सांसद न्यौपाने
-
वायु सेवा निगमको सञ्चालक समिति पदाधिकारी छनोट रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण