आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने–राष्ट्रपतिको शुभेच्छा सकारात्मक छ

मङ्गलबार, ०५ भदौ २०८०, १० : ४३
मङ्गलबार, ०५ भदौ २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक सकारात्मक रहेको बताएका छन् । शीतल निवासमा मंगलबार आयोजित बैठकमा संविधानको रक्षा र कार्यान्वयन तथा जनताले चाहेजस्तो गरी संसद् सुचारु होस् भन्ने राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले चाहना तथा शुभेच्छा राख्नु सकारात्मक भएको प्रचण्डको भनाइ थियो । 

‘संविधानको रक्षा र कार्यान्वयन तथा जनताले चाहेजस्तो गरी संसद् सुचारु होस् र यसमा राजनीतिक दलहरूको बीचमा समझदारी बनोस् भन्ने राष्ट्रपतिज्यूको शुभेच्छा अत्यन्तै सकारात्मक छ’, प्रचण्डले बैठकमा भने, ‘यसमा कसैले विमति राख्नुपर्ने कारण छैन ।’

प्रचण्डले संसद् खुलाउन आफूहरु निरन्तर छलफलमा  रहेको र संसद् सुचारु गर्न सहमतिको करिब करिब नजिक पुगेका पुगेको बताए । 

प्रचण्डले राष्ट्रपतिको शुभेच्छा प्रति आभार व्यक्त गरेको राष्ट्रपतिका सल्लाहकार   किरण पोखरेलले जानकारी दिए । 

सर्वदलीय बैठक नेकपा एमालेले भने बहिष्कार गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप