सर्वदलीय बैठकमा प्रधानमन्त्रीले भने–राष्ट्रपतिको शुभेच्छा सकारात्मक छ
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक सकारात्मक रहेको बताएका छन् । शीतल निवासमा मंगलबार आयोजित बैठकमा संविधानको रक्षा र कार्यान्वयन तथा जनताले चाहेजस्तो गरी संसद् सुचारु होस् भन्ने राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले चाहना तथा शुभेच्छा राख्नु सकारात्मक भएको प्रचण्डको भनाइ थियो ।
‘संविधानको रक्षा र कार्यान्वयन तथा जनताले चाहेजस्तो गरी संसद् सुचारु होस् र यसमा राजनीतिक दलहरूको बीचमा समझदारी बनोस् भन्ने राष्ट्रपतिज्यूको शुभेच्छा अत्यन्तै सकारात्मक छ’, प्रचण्डले बैठकमा भने, ‘यसमा कसैले विमति राख्नुपर्ने कारण छैन ।’
प्रचण्डले संसद् खुलाउन आफूहरु निरन्तर छलफलमा रहेको र संसद् सुचारु गर्न सहमतिको करिब करिब नजिक पुगेका पुगेको बताए ।
प्रचण्डले राष्ट्रपतिको शुभेच्छा प्रति आभार व्यक्त गरेको राष्ट्रपतिका सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
सर्वदलीय बैठक नेकपा एमालेले भने बहिष्कार गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा बजेट पारित गराउन कांग्रेसको ह्विप
-
कमल पुलको बारेमा कवि सम्मेलन, उत्कृष्टलाई पुरस्कार
-
सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार
-
‘जिरो डिग्री’ तिहारमा हुने
-
तेलमा मरेको साङ्ला : न्युरोडको एक रेष्टुरेन्टलाई २ लाख जरिवाना
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण