पश्चिमलाई चीन र भारत एकै ठाउँ उभिने चिन्ता छ : माधव नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पश्चिमा शक्ति राष्ट्रहरूलाई कुनै दिन चीन र भारत एकै ठाउँ उभिने चिन्ता भएकाले भारतसँग मिलेर चीनविरुद्ध उकास्ने काम गरिरहेको बताएका छन् ।
मंगलबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले पेश गरेको प्रतिवेदनमा भूराजनीतिक परिस्थितिबारेको व्याख्यामा पश्चिमले चीनको उदयका कारणले भारतसँग सम्बन्ध राम्रो बनाउने र चीनविरुद्ध उकास्ने काम गरिरहेको उल्लेख छ ।
‘चीनको उदयका कारणले भारतसँग सम्बन्ध राम्रो बनाउने र चीनका विरुद्ध उकास्ने काम पश्चिमले गर्दैछ । त्यस्तै पश्चिमसँग चीनको अन्तरविरोध चर्किँदा भारत बढी सुरक्षित हुनेछ’, अध्यक्ष नेपालले भनेका छन्, ‘दुवै एशियाली र प्राचीनतम सांस्कृतिक परम्परा भएका चीन र भारत कुनै दिन एक ठाउँमा उभिन सक्छन् भन्ने चिन्ताले पश्चिमको रणनीति प्रभावित भइरहनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण