शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

एमाले एकीकृत समाजवादीको छायाले गर्दा सर्वदलीय बैठकमा आएन : माधव नेपाल

मङ्गलबार, ०५ भदौ २०८०, १४ : २७
मङ्गलबार, ०५ भदौ २०८०

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीको छायाका कारण राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा नेकपा (एमाले) नगएको बताएका छन् ।  

मंगलबार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एकीकृत समाजवादीको छाया परेकाले एमाले राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा नगएको बताएका हुन् । उनले माधव नेपालको छाया बैठकमा परेकाले एमालेका नेताहरु अनुपस्थित भएका बताए । उनले आफूहरुसँग त्यस्तो संकिर्णता र सानो चित्त नभएको भन्दै साझा विषयवस्तुहरुमा सबैसँग हातेमालो गर्दै अघि बढ्न चाहेको बताए । उनले आफूहरुसँग न्यूनतम संस्कार र संस्कृति रहेको उल्लेख गरे । 

अध्यक्ष नेपालले आफ्नो मनमा नेपाली समाजलाई मुक्ति दिलाउने र नेपालमा समाजवादलाई कसरी साकार पार्न सकिन्छ भन्ने सोच र चिन्तनमात्र रहेको बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप