देउवाद्वारा आयोग र समितिमा पाँच जना मनोनीत
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय अनुशासन समिति र निर्वाचन समितिमा गरी पाँच जनालाई मनोनीत गरेका छन् ।
देउवाले आयोगको सदस्यमा ४ जना र निर्वाचन समितिको संयोजकमा खम्मबहादुर खातीलाई मनोनीत गरेका हुन् ।
देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ (७) बमोजिम केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गानाको संयोजकत्वमा गठित समितिको सदस्यमा केन्द्रीय सदस्यहरू ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सञ्जयकुमार गौतम र राजीव कोइरालालाई मनोनयन गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यससँगै कांग्रेसकाे अनुशासन समितिले पूर्णता पाएकाे छ । न्याैपाने र वाग्ले देउवा पक्षका हुन् भने गाैतम र काेइराला शेखर कोइराला- गगन थापा समूह निकट मानिन्छन् ।
त्यसैगरी, कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३५ बमोजिम निर्वाचन समितिको रिक्त संयोजक पदमा निवर्तमान महान्यायाधिवक्तासमेत रहेका खातीलाई मनोनयन गरेको उनले बताए ।
निर्वाचन समितिका संयाेजक गाेपालकृष्ण घिमिरे नेपाल बार एशाेशियसनकाे अध्यक्ष भएपछि उक्त पद रिक्त थियाे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण