आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

देउवाद्वारा आयोग र समितिमा पाँच जना मनोनीत

मङ्गलबार, ०५ भदौ २०८०, १५ : ४६
मङ्गलबार, ०५ भदौ २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय अनुशासन समिति र निर्वाचन समितिमा गरी पाँच जनालाई मनोनीत गरेका छन् । 

देउवाले आयोगको सदस्यमा ४ जना र निर्वाचन समितिको संयोजकमा खम्मबहादुर खातीलाई मनोनीत गरेका हुन् । 

देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ (७) बमोजिम केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गानाको संयोजकत्वमा गठित समितिको सदस्यमा केन्द्रीय सदस्यहरू  ईश्वरी न्यौपाने, ध्रुव वाग्ले, सञ्जयकुमार गौतम र राजीव कोइरालालाई मनोनयन गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यससँगै कांग्रेसकाे अनुशासन समितिले पूर्णता पाएकाे छ ।  न्याैपाने र वाग्ले देउवा पक्षका हुन् भने गाैतम र काेइराला शेखर कोइराला- गगन थापा समूह निकट मानिन्छन् ।

त्यसैगरी, कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३५ बमोजिम निर्वाचन समितिको रिक्त संयोजक पदमा निवर्तमान महान्यायाधिवक्तासमेत रहेका खातीलाई मनोनयन गरेको उनले बताए ।  

 निर्वाचन समितिका संयाेजक गाेपालकृष्ण घिमिरे नेपाल बार एशाेशियसनकाे अध्यक्ष भएपछि उक्त पद रिक्त थियाे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप