नक्कली भूटानी शरणार्थी प्रकरणमा पनि छानबिन समिति बनाउन माग
काठमाडौँ । राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि पनि समिति गठन गर्नुपर्ने माग गरेका छन् ।
सुन तस्करभन्दा पनि ठूलो लज्जाको विषय बनेको नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनबारे सरकार र राजनीतिक दलहरु किन चुपचाप ? रहेको भनि उनले प्रश्न समेत गरे । मंगलवार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद देवकोटाले सुन तस्करी वा अन्य छानबिन समिति बनाउँदा संसदीय छानबिन समिति बनाउनु सवैभन्दा उपयुक्त हुने बताए ।
‘सत्तापक्ष र विपक्ष दलकाबीच सुन तस्करी सम्बन्धी उच्चस्तरीय छानबिन समिति बनाउने भन्ने जुन सहमति भएको छ । एयरपोर्टजस्तो संवेदनशील स्थानबाट क्वीन्टलका क्वीन्टल सुन तस्करी हुनु राष्ट्रिय, अन्तर्राष्ट्रिय लज्जाको विषय थियो, छ । तर यो भन्दा पनि लज्जाको विषय नक्कली भुटानी शरणार्थी सम्बन्धी विषय हो’, उनले भने, ‘तर यसमा दलहरु किन बोल्दैनन्, किन चुपचाप छन् ? यसको पनि छानबिन समिति बनाइयोस् ।’
बहालवाला वा निवृत्त न्यायाधीश वा अन्य कुनै नागरिकको संयोजकत्वमा संसद् भन्दा बाहिरको व्यक्ति राखेर बनाइएको छानबिन समिति भन्दा सार्वभौमसत्ता सम्पन्न संसद्को समिति बनाउँदा बढी विश्वासयोग्य हुने भन्दै उनले यसमा दलहरुले ध्यान दिनुपर्ने बताए ।
संसद् जनताको विश्वासयोग्य र भरोसायोग्य थलो भएकोले कुनै पनि प्रकारको छानबिन गर्नका लागि संसदीय समिति बनाउनुपर्ने सांसद देवकोटाको भनाई छ ।
उनले सत्तापक्ष र प्रतिपक्ष दुवै मिलेर संसद् बैठक अवरुद्ध पारेको आरोप लगाउँदै आक्रोश समेत व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण