दुर्घटना
धादिङ बस दुर्घटना : सवार थिए २३ यात्रु
बुधबार, ०६ भदौ २०८०, १२ : ५२
काठमाडौँ । धादिङस्थित गजुरी गाउँपालिका–२ मा बिहान भएको यात्रुवाहक बस दुर्घटनामा २३ जना यात्रु सवार रहेको पाइएको छ । काठमाडौँबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस दुर्घटनामा ८ जनाको मृत्यु भएको जानकारी सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले दिए ।
घटनास्थलमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त खोज तथा उद्धार टोलीले वेपत्ता ७ जनाको खोजीकार्य गरिरहेको जानकारी थापाले दिए । उद्धार कार्यमा सशस्त्र प्रहरी बल विपद् तालिम शिक्षालय कुरिन्टारबाट सामूहिक हताहत वाहनसहित सशस्त्र प्रहरीको टोली पुगेको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण