कार्यव्यवस्था परामर्श समितिको बैठक : सहमतिबारे सदनलाई जानकारी गराइने
काठमाडौँ । कार्यव्यवस्था परामर्श समितिको आज बुधबारको बैठक सकिएको छ । बैठकमा आज दलहरुबीच भएको सहमति उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सदनसमक्ष जानकारी गराउने निर्णय भएको छ ।
यस्तै एक घण्टा ३० मिनेटको विशेष समयमा दलीय आधारमा सांसदहरुले बोल्ने पनि तय भएको छ ।
बैठकमा सभामुख देवराज घिमिरेले झण्डै एक महिनादेखि अवरुद्ध संसद् खुलाउन दलहरुबीच भएको सहमतिप्रति खुसी प्रकट गरे ।
उनले भने, ‘सदन खोल्न मैले पटक पटक प्रधानमन्त्रीसहित शीर्ष नेताहरुसँग छलफल गरेको स्मरण गराउँदछु । प्रमुख सचेतकहरु, कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि हामीले धेरै पटक छलफल गरेका थियौँ । तर, संसदीय व्यवस्थामा दलहरु नै प्रमुख हुन् । आजको सहमतिले पनि सदन अवरोध पनि र खुलाउन पनि दलहरुबीच नै सहमति हुनुपर्ने कुराले प्रष्ट पारेको छ ।’
उनले संसदीय गरिमालाई उच्चो राख्न सबैले प्रयत्न गर्नुपर्ने र यसमा आफू पनि प्रतिबद्ध रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण