तीन दिनभित्र इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता लिन नेविसंघको माग
काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले इन्जिनियरिङ अध्ययन संस्थानले वृद्धि गरेको शुल्क फिर्ता लिन माग गरेको छ । काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष दुजाङ शेर्पाले बढाइएको शुल्क तत्काल फिर्ता लिनुपर्ने बताएका हुन् ।
संस्थानले भदौ ४ गते सूचना निकालेर इन्जिनियरिङतर्फ स्नातक तहका शुल्क वृद्धि गरेको जनाएको थियो । हालको शुल्कमा वृद्धि गरेर ७ लाख ७५ हजार ४२० रुपैयाँ पुर्याइएको छ ।
नेविसंघ अध्यक्ष शेर्पाले पैसा छैन भनेर चर्को शुल्क लिन खोज्ने र त्रिविका पदाधिकारीदेखि संस्थानको डीन विदेश भ्रमणमा जाने गरेको बताए । चर्को शुल्क फिर्ता नगरे उनीहरूले कुनै पनि देशमा जान नपाउने उनले चेतावनी दिए ।
शुल्क वृद्धि फिर्ता लिन माग गर्दै पुल्चोक इन्जिनियरिङ क्याम्पस इकाई अध्यक्ष शुलभ चापागाई मंगलबारदेखि अनसनमा बसेका छन् । अध्यक्ष शेर्पाले उक्त अनसनमा नेविसंघ केन्द्रीय समितिको ऐक्यबद्धता रहेको बताए ।
तीन दिनभित्रमा शुल्क वृद्धि फिर्ता नभए कडा आन्दोलन गर्ने चेतावनी दिए । शुल्क वृद्धि फिर्ता नलिए प्रचण्ड निवासमा गएर आन्दोलन गर्ने उनको चेतावनी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण