सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

तीन दिनभित्र इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता लिन नेविसंघको माग

बुधबार, ०६ भदौ २०८०, १६ : ५५
बुधबार, ०६ भदौ २०८०

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले इन्जिनियरिङ अध्ययन संस्थानले वृद्धि गरेको शुल्क फिर्ता लिन माग गरेको छ । काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष दुजाङ शेर्पाले बढाइएको शुल्क तत्काल फिर्ता लिनुपर्ने बताएका हुन् ।  

संस्थानले भदौ ४ गते सूचना निकालेर इन्जिनियरिङतर्फ स्नातक तहका शुल्क वृद्धि गरेको जनाएको थियो । हालको शुल्कमा वृद्धि गरेर ७ लाख ७५ हजार ४२० रुपैयाँ पुर्‍याइएको छ ।  

नेविसंघ अध्यक्ष शेर्पाले पैसा छैन भनेर चर्को शुल्क लिन खोज्ने र त्रिविका पदाधिकारीदेखि संस्थानको डीन विदेश भ्रमणमा जाने गरेको बताए । चर्को शुल्क फिर्ता नगरे उनीहरूले कुनै पनि देशमा जान नपाउने उनले चेतावनी दिए ।  

शुल्क वृद्धि फिर्ता लिन माग गर्दै पुल्चोक इन्जिनियरिङ क्याम्पस इकाई अध्यक्ष शुलभ चापागाई मंगलबारदेखि अनसनमा बसेका छन् । अध्यक्ष शेर्पाले उक्त अनसनमा नेविसंघ केन्द्रीय समितिको ऐक्यबद्धता रहेको बताए । 

तीन दिनभित्रमा शुल्क वृद्धि फिर्ता नभए कडा आन्दोलन गर्ने चेतावनी दिए । शुल्क वृद्धि फिर्ता नलिए प्रचण्ड निवासमा गएर आन्दोलन गर्ने उनको चेतावनी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप