उच्च अदालतले खारेज गर्यो बालेनको रिट, महानगरले प्राधिकरणलाई स्पष्टीकरण दिनुपर्ने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्पष्टीकरण दिनुपर्ने भएको छ । महानगरपालिकाले जेठ ३२ गते प्राधिकरणसँगको समन्वय बिना नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको फेन्सिङ तारबार हटाएको थियो ।
उक्त कार्यपछि प्राधिकरणका महानिर्देशकले महानगरका प्रहरी प्रमुखलाई पत्र लेख्दै ७ दिने स्पष्टीकरण सोधेका थिए । तर, महानगरले स्पष्टीकरण नदिने भन्दै उच्च अदालतमा मुद्दा दायर गरेको थियो ।
महानगर प्रमुख बालेन शाहले हालेको रिट खारेज भएसँगै महानगरले स्पष्टीकरण दिनुपर्ने भएको छ ।
यसअघि प्राधिकरणले महानगरलाई ७ दिने स्पष्टीकरण सोधेको थियो । यसको जवाफ नपठाउने भन्दै महानगरले उच्च अदालतमा मुद्दा दायर गरेका थिए । तत्कालीन समयमा अदालतले माग दाबी बमोजिमको अन्तरिम आदेश दिन अस्वीकार गरी अल्पकालीन आदेश मात्र जारी गरेको थियो ।
यस्तै, अदालतले अन्तरिम आदेशबारे थप छलफलका लागि असार १२ गते बोलाएको थियो । बालेनले दायर गरेको मुद्दाको अदालतले रिट खारेज गरेसँगै अब असार १ गते प्राधिकरणले सोधेको स्पष्टीकरणको जवाफ महानगरले दिनुपर्ने भएको छ ।
अन्यथा उनलाई नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५ (१) बमोजिम ५० हजार रुपैयाँसम्मको जरिवाना हुने प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण