संसदमा छानबिन आयोग बनाउनु हुन्न भन्ने र सीआईबीमाथि शंका गर्नेको द्वन्द्व देखियो : सांसद बजगाईँ
काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले संसदमा उच्चस्तरीय छानबिन आयोग बनाउनु हुन्न भन्ने र सरकारको अंग सीआईबीमाथि शंका गर्नेहरुको द्वन्द्व देखिएको बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले संसद् अवरुद्ध कसले गर्यो, किन गर्यो भन्ने कुरा जनतालाई सोध्नु पर्दैन भन्दै प्रश्न गरेका छन् ।
सांसद बजगाईँले ललिता निवास र सुन प्रकरणमा दलहरुले भित्र एउटा र बाहिर अर्कौ कुरा गरेको पाइएको बताए । उनले संसदमा समेत यसको गन्ध देखिएको बताए । उनले दलीय सम्झौतामा ललिता निकासबारे प्रमुख प्रतिपक्षको के अवधारणा छ भन्दै प्रश्न समेत गरेका छन् ।
भारतमा संसद् अवरुद्ध गर्नेको खोजी भइरहेको भन्दै सांसद बजगाईँले नेपालमा पनि संसद् अवरुद्ध गर्नेले किन गर्यो भनेर खोजी गर्नुपर्ने बताए । उनले अब सरकार र प्रतिपक्षलाई फुर्सद मिलेको समेत बताए ।
सांसद बजगाईँले ललिता निवास जग्गा प्रकरण, गिरीबन्धु टिस्टेटलगायत विषयमा सरकार र प्रमुख प्रतिपक्ष दुवैले आफ्नो धारणा स्पष्ट पार्नुपर्ने बताए ।
सांसद बजगाईँले गोरखाको धार्चे गाउँपालिका ७ खानी गाउँ तत्काल स्थानान्तरण गर्न सरकारसँग माग गरेका छन् । नेपालमा धार्मिक सहिष्णुता भंग भइरहेका घटनाबारे पनि उनले संसद्को ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण