प्रिगोजिन यसरी नै मर्ने निश्चित थियो – पूर्व ब्रिटिस गुप्तचर अधिकारी
बेलायतको गुप्तचर एजेन्सी एमआईसिक्समा रुस डेस्कका पूर्व प्रमुख क्रिस्टोफर स्टिलले प्रोगोजिनको अन्त्य यस्तो हुनु निश्चित भएको बताए ।
बीबीसीसँग कुरा गर्दै उनले विमान दुर्घटना उच्चस्तरीय सुरक्षा अधिकारीको निर्देशनमा भएको हुनसक्ने र पुटिनले यसलाई मौन अनुमोदन गरेको हुनसक्ने बताए ।
‘हामीलाई केही हप्ता अघि रुसमा व्यापारिक समुदायका वरिष्ठ व्यक्तित्वले प्रिगोजिनलाई मार्न सुपारी दिएका छन् भन्ने जानकारी दिइएको थियो । उनको रुसको सरकारमा थुप्रै दुस्मन थिए र साथीहरू निकै कम थिए । त्यसैले प्रिगोजिनको अन्त्य यस्तै हुन्थ्यो भन्ने सबैले अनुमान गरेका थिए ।’
रुसमा देशद्रोहीलाई यसरी मार्ने रेकर्ड
द इकोनोमिस्टका रक्षा सम्पादक शशाङ्क जोशीले रुसको सरकारले विश्वासघातीलाई यस्तै गर्छ र यसको एउटा रेकर्ड नै भएको बताएका छन् ।
बीबीसीसँग कुरा गर्दै जोशीले पूर्व रुसी गुप्तचर अधिकारी अलेक्जेन्डर लिट्भिनेन्कोको बेलायतमा हत्या भएको उल्लेख गरे । जोशीका अनुसार उनीमाथि रेडियोएक्टिभ पदार्थ पोलोनियम–२१० प्रयोग गरिएको थियो ।
सन् २०१८ मा, नोविचोक नर्भ एजेन्ट प्रयोग गरेर सर्गेई स्क्रिपल र उनकी छोरी युलियाको हत्याको प्रयास भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण