माटोको सातौं स्टोर बुढानीलकण्ठमा
काठमाडौँ । नेपालमा विषादीरहित कृषि उपज उत्पादन तथा बजारीकरण गर्दै आइरहेको माटोले बुढानीलकण्ठमा सातौँ स्टोर स्थापना गरेको छ । माटोको बुढानीलकण्ठको देउवा चोकमा आफ्नो ७ औँ स्टोर सञ्चालनमा ल्याएको हो ।
आफ्नो ७ औँ स्टोर स्थापनाका क्रममा ग्राहकलाई उत्कृष्ट छुट र विशेष उपहारको व्यवस्था गरिएको थियो । माटोले मात्र नेपाली र रासायनिक मल तथा विषादी प्रयोग नगरिएका उत्पादनलाई मात्र उत्पादन तथा बिक्री वितरण गरिरहेको छ ।
यसअघि काठमाडौँको बानेश्वर, नक्साल, नारायणथान, गोल्फूटार तथा ललितपुरको झम्सिखेल र सानेमामा माटोका स्टोरहरू सञ्चालन भइरहेका छन् । माटोले अनलाइन अर्डर अनुसार होम डेलिभरी गरेर पनि घरघरमा नेपाली विषादीरहित उत्पादन आपूर्ति गरिरहेको छ । माटो एक स्वदेशी ब्रान्ड हो जुन नेपालीपन र आत्मनिर्भरताको भावनासँग जोडिएको कम्पनीले जनाएको छ ।
माटोका अध्यक्ष पवनकुमार गोल्यानले भने, ‘किसानले आफ्नो उत्पादनको उचित मूल्य पाइरहेका छैनन् भन्ने थाहा पाएपछि यो यात्रामा मा लागे । किसानका भोगाई र सङ्घर्षको जीवन्त अवलोकन पछि किसान र उपभोक्ताबीच प्रत्यक्ष कारोबार स्थापना गर्न माटोको स्थापना गरिएको हो ।’ माटोको स्थापना २०७५ सालमा किसानको उत्थान र राष्ट्रलाई
उत्प्रेरित गर्ने ठोस लक्ष्यको साथ गरिएको गोल्यानको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण