बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

ज्ञानेन्द्रको ‘उपहार’को पशुपतिमा शुभमुहूर्त, तस्बिरहरु

बिहीबार, ०७ भदौ २०८०, १४ : २२
बिहीबार, ०७ भदौ २०८०

काठमाडौँ । ज्ञानेन्द्र देउजाको निर्देशन रहने फिल्म ‘उपहार’ शुभमुहूर्त गरिएको छ । बिहीबार पशुपतिनाथ मन्दिरमा फिल्मको शुभमुहूर्त गरिएको हो । फिल्मको मुहूर्त गरिएको निर्देशक ज्ञानेन्द्र देउजाले जानकारी दिए ।

रेखा फिल्मस् र कपनगढी ब्यानरले संयुक्त रुपमा निर्माण गर्न लागेको फिल्मको छायांकन सोमबारदेखि सुरु हुनेछ । ४० दिनको सेड्युल तय गरिएको फिल्म काठमाडौँमै खिचिनेछ । 

फिल्ममा रेखा थापा, बेनिशा हमाल, पूजा शर्मा, मुकुन भुसाल, तेज गिरी, समर्पणजंग कार्की, शिशिर राना, अंशु थापा लगायतका कलाकारको अभिनय रहेनछ ।

अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, कविराज गहतराजको नृत्य, विष्णु कल्पितको छायांकन र रोशन श्रेष्ठको एक्सन रहने फिल्ममा देव गुरुङको सम्पादन छ । 

upaharupahar1upahar2upahar3upahar4upahar5upahar6upahar7upahar8upahar9upahar10

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप