त्रिवि सेवा आयोगका अध्यक्षलाई अनेरास्ववियुको १५ दिने अल्टिमेटम
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा. घनश्याम भट्टराईलाई अनेरास्ववियुले ५ बुँदे माग राखेको छ । नवनियुक्त अध्यक्ष भट्टराईलाई १५ दिने अल्टिमेटमसहित अनेरास्ववियु त्रिवि जिल्ला कमिटीले माग राखेको हो ।
अनेरास्ववियुले हाल त्रिवि सेवा आयोगले प्रयोग गर्दै आएको भवन छात्रवास प्रयोजनका लागि निर्माण गरिएको भन्दै १५ दिनभित्र भवन खाली गर्न भनेको छ । अनेरास्ववियु त्रिवि जिल्ला कमिटीले उक्त भवन खाली गराउन पटकपटक ध्यानाकर्षण गरेतापनि ढिलासुस्ती गरेको भन्दै १५ दिने अल्टिमेटम दिएको हो ।
त्रिविमा रिक्त रहेका उपप्राध्यापक तथा कर्मचारीहरूको खुल्ला प्रतिशपर्धामार्फत पदपूर्ति गर्न तत्काल नयाँ विज्ञापन जारी गर्न समेत माग गरेको छ । आयोगको विज्ञापन नं १८ को अदालतबाट फैसला भई सफाइ पाइसकेका पदहरूको नतिजा १५ दिन भित्र प्रकाशित गर्न समेत माग गरेको छ ।
आयोग मार्फत प्राध्यापक तथा कर्मचारीहरूको परीक्षा सम्पन्न भई अन्तर्वार्ता दिनबाट वञ्चित भएकाहरूको हकमा तत्काल अन्तर्वार्ताको प्रक्रिया अगाडि बढाउन माग गरेको छ । त्यस्तै दक्ष तथा सक्षम व्यक्ति छनोट गर्ने खुल्ला प्रतिशपर्धाको प्रक्रिया मिचेर त्रिविमा करार सेवामा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई आन्तरिक प्रतिस्पर्धाबाट मात्रै स्थायी पक्रिया अगाडि नबढाउन र बढाइएको भएपनि तत्काल स्थगन गर्न माग गरेको छ ।
आयोगबाट प्रवाह हुने सम्पूर्ण सेवाहरूलाई चुस्तदुरूस्त बनाउन खुल्ला प्रतिपर्धाको विधि अवलम्बन गर्न समेत माग गरेको छ । अनेरास्ववियुले राखेका मागहरु १५ दिनभित्रमा सम्बोधन गर्न समेत माग गरेको छ । ति मागहरूलाई बेवास्ता तथा नजर अन्दाज गरिए थप सशक्त आन्दोलनमा उत्रन बाध्य हुने संयोजक समीर राज विष्टले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण