शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्पले किन आत्मसमर्पण गर्नुपर्‍यो , जर्जियाको मुद्दा किन फरक छ ?

शुक्रबार, ०८ भदौ २०८०, ०९ : ४८
शुक्रबार, ०८ भदौ २०८०

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरे । तर, उनी २० मिनेटमै जेलबाट बाहिरिए । तर यस पटक यस्तो भयो जुन यसअघि कुनै अमेरिकी राष्ट्रपति वा पूर्व राष्ट्रपतिसँग भएको थिएन ।

ट्रम्पको मगसट सार्वजनिक भयो अर्थात् त्यो तस्बिर जुन जेलमा रेकर्डका लागि खिचिन्छ । अमेरिकाको इतिहासमा यस्तो कहिल्यै भएन । आखिर यो मुद्दा के हो ? जसका लागि ट्रम्पले आत्मसमर्पण गर्नुपर्‍यो । 

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियामा सन् २०२० को चुनावमा आफ्नो पराजयको नतिजा उल्टाउन खोजेको आरोपमा १३ वटा आपराधिक आरोपको सामना गरिरहेका छन् ।

९८ पृष्ठको अभियोगमा ट्रम्पले चुनावी नतिजालाई ‘आपराधिक तरिकाले’ परिवर्तन गर्न ‘गैर कानुनी षड्यन्त्र’ गरेको उल्लेख छ ।

यसबाहेक अन्य आरोपमा चुनावी धाँधलीको झुटो दाबी गर्ने पनि समावेश छ । ट्रम्पले आफूमाथि लागेका सबै आरोप अस्वीकार गर्दै आएका छन् ।

पछिल्लो केही महिनामा ट्रम्पविरुद्धको यो चौथो आपराधिक मुद्दा हो । यहाँ यस्ता केही महत्त्वपूर्ण आरोप छन् जुन ट्रम्पमाथि जर्जिया केसमा लगाइएका छन् । 

– ट्रम्पले ‘चुनावको नतिजा परिवर्तन गर्न जालसाजी गतिविधिको ढाँचा पछ्याउँदै गैर कानुनी रूपमा षड्यन्त्र गरेको’ आरोप लगाइएको छ । यो फेडरल र्‌याकेटियर प्रभावित र भ्रष्ट सङ्गठन (रिको) अधिनियमअन्तर्गत आउँछ । यो कानुनको प्रयोग जोन गोटी माफियाविरुद्ध गरिएको थियो । 

– सरकारी अधिकारीलाई शपथको उल्लङ्घन गर्न लगाउनु – ट्रम्पले यस्ता  तीन प्रकारका मुद्दा सामना गरिरहेका छन्, जसमध्ये एक हो जनवरी सन् २०२१ मा ट्रम्प र जर्जियाका राज्य सपचज ब्रेड रेफेन्सपर्गरबीच भएको फोन वार्ता । ट्रम्पले रेफेन्सपर्गरबाट सर्टिफाइड रिटर्नलाई ‘गैर कानुनी’ रूपमा परिवर्तन गर्नका लागि अह्राएको अभियोजकको आरोप छ । 

– यस्तै, ट्रम्पले केही भ्रम फैलाउने उद्देश्यले केही व्यक्तिलाई निर्वाचित अधिकारीको रूपमा तयार गरेर उनीहरूलाई तैनाथ गर्ने षड्यन्त्र रचेको र चुनावलाई प्रभावित गर्न गैर कानुनी षड्यन्त्र रचियो । 

– ट्रम्पले ‘जर्जियाबाट सन् २०२० को मतदाताको मतको प्रमाण पत्र’ शीर्षकको एक नक्कली दस्ताबेज बनाएको र यसमार्फत ट्रम्पले जनतालाई धोका दिन षड्यन्त्र रचेको आरोप छ । दस्तावेजमार्फत् उनले जर्जियामा जित हासिल गरेको देखाउन खोजेका थिए । 

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप