अर्जेन्टिना, इजिप्ट, इथियोपिया, इरान, साउदी अरब र युएई ब्रिक्सको सदस्य बन्ने

काठमाडौँ । इजिप्ट, संयुक्त अरब इमिरेट्स (युएई) र साउदी अरेबियालाई ब्रिक्स समूहमा सामेल हुने भएका छन् ।
सहभागी हुने पाएकोमा अरब लिगका महासचिव अहमद अबोल घेइतले बधाइ दिएका छन् । हाल ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका समावेश रहेको उदीयमान अर्थतन्त्रहरुको ब्रिक्स समूहमा तीन देशलाई सामेल हुन आह्वान गरिएको हो ।
अरब राष्ट्रहरु ब्रिक्समा सम्मिलित हुनुले अन्तर्राष्ट्रिय निर्णय लिनका लागि अरब देशहरु महत्वपूर्ण सावित हुँदै गएको पुष्टि हुने बताइएको छ । घेइतले ब्रिक्स नेताहरु ब्रिक्समा अर्जेन्टिना, इजिप्ट, इथियोपिया, इरान, साउदी अरब र युएईलाई सामेल गर्नका लागि सहमत भएको बताए ।
यी ६ देशको सदस्यता १ जनवरी, २०२४ बाट लागू हुनेछ । सो कुरा दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले बिहीवार समाप्त भएको तीन दिने ब्रिक्स शिखर सम्मेलनको क्रममा पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पप गायिका टेलर स्विफ्टप्रति ट्रम्प किन आक्रोशित ?
-
सगरमाथा संवाद २०२५ सम्पन्न : २५ बुँदे घोषणापत्र जारी
-
अस्कल क्याम्पस वरिपरि आपत्तिजनक सामग्रीको विज्ञापन गर्न नपाइने
-
पेसीको जानकारी पत्रमा रवि र छविको हस्ताक्षर नभएपछि सुनुवाइ स्थगित
-
वाणिज्य विभागले गरिरहेको अनुगमनप्रति निजी विद्यालयहरूको आपत्ति
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी